वासिंगटन डिसी । नेपाली सपूतको विश्वभरी चर्चा भइनै रहन्छ ।

कोही के मा त कोही के मा अब्बल सावित हुँदै आएका छन् ।

अहिले एक नेपाली चिकित्सकको चर्चा नेपालमा मात्र हैन अमेरिकामा समेत चुलिएको छ ।

संयुक्त राज्य अमेरिकाले तत्काल खोप उपलब्ध गराउने केही राष्ट्रहरुमा नेपालको नाम पनि पारेपछि अमेरिकाबासी नेपालीहरु खुसी भएका छन्।

त्यहाँ रहेपनि चिन्ता नेपाल भूमि र नेपालमा रहेका आफन्तको चिन्तामा डुबेका उनीहरुले अहिले खुशी महसुस गरेका छन् । यसका लागि धेरै प्रयास गरेका छन् ।

यही प्रयास गर्नेमा एक नेपाली चिकित्सक समेत छन् । जसले संसदमा नै कुरा पुर्याएका छन् ।

नेपालमा कोरोना भाइरसको दोस्रो भेरियण्टको महामारी चल्दा नेपालका लागि सहयोग जुटाउन अहोरात्र खटिने र विभिन्न माध्यमबाट सहयोग नेपाल पुर्याउने अमेरिकावासी नेपालीहरुको प्रयास उल्लेखनीय रहेकै अवस्थामा अमेरिकाको तल्लो सदन हाउसको भ्याक्सिन कमिटीमा नेपालका एकजना डाक्टरको प्रसंग उठेको थियो ।

ओहायो राज्यबाट निर्वाचित अमेरिकी सांसद वेन्स्ट्रपले हाउस भ्याक्सिन कमिटीको बैठकमा आफ्नो निर्वाचन क्षेत्रका नेपाली मूलका एकजना डाक्टरले नेपाललाई खोप सहायताको अत्यन्तै आवश्यकता परेको कुरा आफ्नो कार्यालयमा सम्पर्क गरी भनेको बताएका थिए।

उनले भनेका थिए, ‘ मेरो निर्वाचन क्षेत्रका एकजना डाक्टर जो नेपालबाट आएका हुन् उनले इण्डियाबारे सबैतिर हल्ला भएको, नेपालको बारेमा धैरै कतै नआएको तर मेडिकल सप्लाई र भ्याक्सिनको एक्सेस नेपालको नभएकोले अवस्था राम्रो नभएको कुरा उनले मेरो कार्यालयलाई बताएका थिए उनले भनेका छन् ।

उनी को हुन् भन्ने चै खुलाएका छ्रैनन् । तर चिकित्सकको रिपोर्टिङ्ग अमेरिकाको संसदमा पुगेको छ । यो खबर त्यहाँका पत्र पत्रिकाले समेत छापेका छन् ।

सम्बन्धित खबरहरु