काठमाडौं । बिहीबार मध्यान्नदेखि काठमाडौं उपत्यकामा भारी वर्षा भएको छ ।

आज बिहानैदेखि बिग्रेको मौसम दिउँसोदेखि भिषण वर्षामा परिणत भयो ।

अचानक भएको वर्षाका कारण काठमाडौंसहित देशका विभिन्न भागहरुको जनजीवन प्रभावित बनेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको केहि दिन मौसम खराब नै रहने देखिएको छ ।

आजको मौसम देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन–चट्टयाङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज रातिको मौसम पनि दिभरीकोजस्तै रहने महाशाखाले जानकारी दिएको छ । आगामी दुई दिनको मौसम जानकारी तल हेर्नुहोस्

२०७८ जेठ २८ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

२०७८ जेठ २९ गते (शनिबार)

दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीः देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।प्रदेश १ को एक दुई स्थानमा भारि बर्षाको पनि संभावना रहेको छ।

सम्बन्धित खबरहरु