काठमाडौ । मन्त्रिपरिषदका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा ७ जना मन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष र एक जना राज्यमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार नेकपा एमाले, नेकपा माओवादी छाडेर नेकपामा आएका नेतालाई समेटेर मन्त्रिपरिषदलाई पूर्णता दिएका हुन् ।

एमाले र राजपाका नेताहरूलाई समेटेर प्रधानमन्त्री ओलीले अठारौं पटक मन्त्रिपरिषद बिस्तार गरेका हुन्।

गृहमन्त्रीमा एमालेका खगराज अधिकारी, सञ्चार मन्त्रीमा नैनकला थापा, कृषि मन्त्रीमा ज्वालाकुमारी साह, वनमन्त्रीमा नारदमुनि राना, विना विभागीय मन्त्रीमा मोहन बानियाँ, उद्योग मन्त्रीमा राजपाका राजकिशोर यादव, सामान्य प्रशासन मन्त्रीमा गणेश पहाडी र वन राज्यमन्त्रीमा आशाकुमारी विकले पद तथा गोपनियताको सपथ लिएका छन् ।
यस्तो छ सूची

सम्बन्धित खबरहरु