काठमाडौ । नेकपा एमाले नेता तथा पूर्व जनप्रिय मन्त्री गोकर्ण बिष्टले संस्थापन र माधब नेपाल समूहभित्र रहेका अतिवादीलाई परास्त गर्दै पार्टी एकता जोगाएरै छाड्ने उद्घोष गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेका एकताका ६ बुँदामा केही करेक्शन गराउँदै उनले सहमतिको सूत्र दिएका छन् ।

२०७५ जेठ ३ भन्दा अगाडिको अवस्थामा फर्काउने घोषणालाई प्रष्ट पार्न र माधव समूहको कार्वाही फिर्ता लिएर एकता जोगाउन सकिने सुत्र उनले भनेका छन् ।

साथै माधव नेपाल समूहले एकताबिरोधी काम नगर्ने बिषय नै एकताको आधार रहेको बिष्टको भनाई छ ।

दुवैको आत्मसम्मान जोगिने गरी बीचको बाटो खोजौं, सम्मानित सर्वोच्च अदालतको फैसलालाई पार्टीले एकतावद्ध भएर सामना गर्ने गरी सहमति खोज्ने हाम्रो प्रयास छ,’ बिष्टले भनेका छन् ।

एउटा भिडियो सन्देशमा बिष्टले भने अध्यक्षद्धारा जारी बुँदामा पार्टी र जनसंगठनलाई २०७५ जेठ ३ भन्दा अगाडिको मुलतः अवस्थामा फर्काउने भनिएको शब्दमा प्रष्ट पार्न खोजेका छन् ।

उनले त्यहाँ सम्पूर्ण अवस्थामा भन्ने शब्द राख्न भनेका छन् । साथै उनले पार्टी वरिष्ठ नेता झलनाथ खनाल, माधबकुमार नेपाल लगायतका सांसदको कारबाही फिर्ता बारे बुँदामा बोलिएको छैन ।

भविष्यमा नगरिने कुरा प्रष्ट छ तर कारबाही फिर्ताको कुरा बुँदामा राख्नुपर्छ । साथै अध्यक्ष ओलीले अदालतमा प्रस्तुत भएको माधब समूहको हस्ताक्षर फिर्ताको माग राखेका छन् ।

माधब समूहले प्रधानमन्त्रीले संसद विघटन निर्णय फिर्ता लिनुपर्ने माग राखेका छन् ।

यी दुबै अप्ठ्यारो भएका कारण दुबै समूहको आत्मसम्मान हुनेगरी अदालतको फैसला जे आउँछ त्यसमा नै रहेर एकसाथ अघि बढ्नेगरी सहमतिमा रहन उनको अपिल छ ।

 

सम्बन्धित खबरहरु