काठमाडौ । अब ‘बिना धितो, बिना कागजी प्रक्रिया’ बैंकबाट तुरुन्तै २ लाख रुपैयाँ ऋण पाइने भएको छ ।

यो सुविधा सिटिजन्स बैंकका ग्राहकका लागि छ । घरै बसिबसि २ लाख रुपैयाँसम्मको कर्जा पाउने नयाँ सुविधा “पेडे लोन” सार्वजनिक गरेको छ ।

“हजुरको प्रगतिको सहयात्रि” भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको बैंकले एफ वान सफ्ट इन्टरनेशनल प्रालि सँग सहकार्य गरेर उक्त सुविधा ल्याएको हो ।

बैंकको मुख्य कार्यालय आयोजित एक भर्चुअल कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले उक्त योजना सार्वजनिक गर्नु भएको छ ।

बैंकमा तलब खाता संचालन गरिरहेका तथा बचत खातामा नियमित कारोबार गर्ने ग्राहकहरुले अधिकतम ३० दिन सम्मका लागि अधिकतम २ लाख रुपैयाँसम्म मोबाइल बैकिङ्गबाट “पेडे लोन” सुविधा सहजै प्राप्त गर्न सकिने बैंकले जनाएको छ । कर्जाको लागि कुनै पनि निवेदन दिन र कानूनी कागजात गरी रहनु नपर्ने बैंकले जाकारी दिएको हा ।

ग्राहकहरुलाई आवश्यक भइरहने खर्च व्यवस्थापन गर्न ल्याएको “पेडे लोन” सुविधाबाट अधिकतम लाभ प्राप्त हुने बैंकको विश्वास छ ।

बिना धितो, बिना कागजी प्रक्रिया, बिना बैंक शाखा भ्रमण तथा तुरुन्त ऋण प्राप्त गर्न सकिने जस्ता विशेषताले गर्दा यो लोकप्रिय हुने विश्वास बैंकले लिएको छ ।

आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले “पेडे लोन” योजना संचालनमा ल्याएको बैंकका प्रवक्रा नयाराण राज अधिकारीले जानकारी दिनुभयो ।

सम्बन्धित खबरहरु