काठमाडौं । आफ्नै घरमा मृत परेकी चितवनकी एक महिलाका लागि पनि न्यायको खोजि हुँदैछ ।

२८ वर्षीया सविता भण्डारीको मृुत्युलाई लिएर विभिन्न अड्कल गर्न थालिरहेको बेला उनको माइती पक्ष छोरीले मृत्यु स्वभाविक नभएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

मुद्दा अहिले पनि अदालतमा बिचाराधीन छ ।

तर, अहिले यो घटनासँग सम्बन्धि केही व्यक्तिहरु भिडियोसहित थरी–थरीका बयान दिदैँ हिडेका छन् ।

सविताका अडियो–भिडियोलाई पनि सार्वजनिक गरिएको छ । ति क्लिपहरु टिकटक लगायत सामाजिक सञ्जालमा पनि उस्तै भाइरल छन् ।

यसतर्फ प्रहरीले खासै चासो दिएको देखिएको छैन । चितवनकी सविताको न्यायका लागि पनि उनको माइती पक्षले सामाजिक सञ्जालको साहारा लिनु परेको त होईन ? प्रश्न गर्ने ठाउँ नभएको होईन ।

सात वर्षअघि वैशाख ३ गते सविताको चितवनका योगेन्द्रकुमार धितालसँग विवाह भएको थियो । उनीहरुले मागी विवाह गरेका थिए ।

श्रीमान, ससुरा, सासु र एक पाँच वर्षीय छोरा थिए उनका । गत वैशाख ४ गते सविता आफ्नै कोठामा मृत फेला परिन् । माइती पक्षका अनुसार सविताको मृत्युका कारण उनकै ससुरा हुन् ।

उनका अनेकौ भिडियोपनि आएका छन् । यो घटनालाई हामीले नजिकबाट अनुशन्धान गरेर यो भिडियो तयार पारेका छौ । भिडियो हेरेपछि तपाईलाई यो घटना के लाग्छ ? आफ्नो प्रतिक्रिया दिन नभुल्नुहोला । सविताको न्यायका लागि भिडियो र यो सामाग्री सेयर गरिदिनुहोला ।

सम्बन्धित खबरहरु