काठमाडौं । कोरोना महामारीका कारण अहिले सबैको आर्थिक अवस्था कमजोर भएको छ । यो बीचमा के तपाईं घरमा बसेरै लाखौं कमाउन चाहनुहुन्छ ? यदी त्यस्तो हो भने तयारी अवस्थामा बस्नुहोस् । किनभने रोलिङ प्लान्स प्राइभेट लिमिटेडले घरमा बसेर लाखौं कमाउन सकिने सुनौलो अफर लिएर आएको छ ।

रोलिङले यहि जुन १२ देखि आयोजना हुन लागेको युरो कप २०२१ लाई मध्यनजर गर्दै खेल भविष्यवाणी प्रतियोगिता आयोजना गर्न लागेको हो । कम्पनीका अनुसार गेम प्रीडिक्सन अर्थात खेलको भविष्वाणी जो कोहीले पनि अधिकतम नगद एक लाख साथै अन्य आकर्षक पुरस्कार जित्न सक्नेछन् । यस खेलमा सहभागी हुनका लागि दिइएको तरिका अझ सहज छ ।

यसमा सहभागी हुनका लागि कम्पनीको आधिकारिक फेसबुक पेजका साथै अन्य सामाजिक सञ्जालमा गरिएको पोष्ट कम्तिमा आफ्ना १० जना साथीहरुलाई ट्याग वा मेन्सन गर्नुपर्ने हुन्छ । मेन्सन गरिसकेपछी सहभागीले कम्पनीको तर्फबाट फेसबुक मेसेन्जरमार्फत एउटा कोड प्राप्त गर्छन ।

रोलिङका उपाध्यक्ष रन्जित थापाका अनुसार उक्त कोड कम्पनीको वेबसाईट प्रयोग गरि सहभागीता जनाउन सकिने छ । उनका अनुसार सहभागीहरुले प्रत्येक दिन यी कुराहरुमो भविष्यवाणी गर्नुपर्छ ः

  • कुन टिमले जित्छ ?
  • पहिलो गोल कुन टिमको तर्फबाट हुन्छ ?
  • कुन टिमले कति गोल हान्छ ?

उनका अनुसार यस्तै कुराको भविष्यवाणी उक्त रकम बराबरको परस्कार जित्न सकिने छ । साथै सहभागीले गरेको खेल अनुमानको आधारमा प्रत्येक खेलका लागि निश्चित अंक दिने प्रावधान रहेको छ ।

अङ्क तालिका पनि कायम गरिने छ । अङ्क तालिकामा जुन सहभागी प्रतियोगीमा बढी अंक प्राप्त गर्न सफल हुन्छन्, उसैलाई विजो घोषणा गरिने थापाले जानकारी दिए । हरेक दिन विजेता घोषणा गरिनेछ र विजेताले प्रत्येक खेलको भविष्यवाणी गर्नुपर्छ ।

कम्पनीको तर्फबाट नगद रु १००० का साथै अन्य आकर्षक पुरस्कार प्राप्त गर्ने छन् । यस प्रकियाका आधारमा प्रत्येक दिनको प्रत्येक खेलको भबिष्यवाणी गरे वाफत अङ्क पाउने छन् । यसैलाई आधार मान्दै युरो कप २०२१ को फाइनल हुँदाको बखतसम्म कायम गरिने छ ।

यसरी अङ्क तालिकाको शीर्ष स्थानमा रहेको प्रतियोगीलाई बिजेता घोषणा गरिनेछ । युरो कप २०२१ को सिजन बिजेताले नगद रु ३० हजार जित्ने अवसर पाउने बताइएको छ । दोश्रो विजेतालाई नगद रु ५ हजारका साथै कम्पनी तर्फबाट अन्य आकर्षक पुरस्कार दिइनेछ ।

थापाका अनुसार प्रत्येक खेलको भविष्यवाणीमा सहभागीले प्राप्त गरेको अङ्क तालिका अनुसार कुनै सहभागीको अङ्क समान भएमा गोला प्रथाद्वारा विजेता घोषणा गरिने छ । रजिस्ट्रेशनका लागि यहाँ क्लिक गर्नुहोस्

सम्बन्धित खबरहरु