काठमाडौं । बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री क्याटरीना कैफ बीचको सम्बन्ध अहिले चर्चामा रहेको छ ।

हालसालै अभिनेता हर्षवर्धन कपूरले दुबैबीचको सम्बन्धको पुष्टि गरेका हुन् । उनले भनेका छन कि दुवै जना सम्बन्धमा छन् ।

क्याट्रिना–विक्की बाहेक, धेरै कलाकारहरु सम्बन्धका कारण चर्चामा छन् । यद्यपि उनीहरु स्वंयम भने यस सम्बन्धमा मौन रहन्छन् ।

आउनुहोस् आज हामी त्यस्तै केही कलाकारहरुको जोडीबारे चर्चा गर्छौ

सिद्धार्थ मल्होत्रा–कियारा आडवाणी
आलिया भट्ट पछि सिद्धार्थ मल्होत्राको नाम अब कियारा आडवाणीसँग जोडिएको छ ।

समाचारका अनुसार दुबैले एक अर्कालाई धेरै महिनादेखि डेट गर्दैछन्, जसका कारण दुबैजना सँगै भोजमा देखिन्छन् । नयाँ वर्ष को अवसरमा, उनीहरु अफ्रिका र माल्दिभ्स छुट्टीमा गए । कियाराले पनि सिद्धार्थका अभिभावकसँग एक पटक डिनरमा भेटघाट गरिसकेकी छिन् ।

तारा सुतारिया–आदर जैन
‘मरजावा’ अभिनेत्री तारा सुतारिया लामो समयदेखि कपूर परिवारको आदर जैनसँग भेटिएकी छिन् ।

दुबैलाई एकसाथ डिनर गरिरहेको धेरै चोटि भेट्टाएका छन । जबकि दुबैले उनीहरूको सम्बन्धको समाचारलाई अस्वीकार गरेका छन् । तारा पनि आदरको भाई अरमानको विवाहमा सामेल भइन् ।

सलमान खान–यूलिया वन्तुर
क्याटरीना कैफसँगको ब्रेकअप पछि, सलमान खानको नाम रोमानियाली अभिनेत्री यूलिया वन्तुरसँग जोडिएको छ । यद्यपि अभिनेताले यी रिपोर्टहरूलाई कहिलै पुष्टि गरेका छैनन् । सलमान यूलियाप्रति धेरै भावुक छन् ।

२०२० मा लकडाउनको क्रममा पनि, सलमान युलियासँगै आफ्नो पनवेल फार्महाउसमै बसेका रिर्पोटहरु आएका थिए । त्यहाँ ज्याकलिन फर्नांडीजले उनलाई कम्पनी दिएकी थिइन् । यूलिया वन्तुर सलमानको परिवार को धेरै नजिक रहेको बताइन्छ ।

दिशा पटानी–टाइगर श्रफ
बलिउड अभिनेत्री दिशा पटानी र टाइगर श्रफलाई बलिउड उद्योगको सबैभन्दा प्यारो जोडी मानिन्छ । यद्यपि दुबैले उनीहरूको सम्बन्धलाई मित्रताको रूपमा उल्लेख गर्दै आएका छन् ।

फिल्म ‘भारत’ को प्रमोशनल कार्यक्रमको क्रममा जब दिशालाई उनको र टाइगरको सम्बन्धबारे सोधिन्थ्यो, उनले जवाफमा भन्थिन्, ‘म लामो समयदेखि टाइगरलाई प्रभावित गर्न खोज्दै छु । हामी दुबै लजालु छौं, त्यसैले काम हुन सकेको छैन ।’

श्रद्धा कपूर–रोहन श्रेष्ठ
बलिउडकी लोकप्रिय अभिनेत्री श्रद्धा कपूरको नाम रोहन श्रेष्ठ (सेलिब्रिटी फोटोग्राफर) संग धेरै वर्षदेखि जोडिदैँ आएको छ । केही रिपोर्टहरू आएका छन्, दुबै जना सम्बन्धमा छन् ।

यद्यपि अभिनेत्री कपूरले रोहनलाई उनको असल साथीको रूपमा चिनाउने गर्छिन् । तर अब चाँडै उनीहरु विवाह गर्ने तयारीमा रहेको पनि बताइन्छ ।

भर्खर रोहनले वरुण धवनलाई उनको विवाहमा बधाई दिएका थिए, जवाफमा वरुणले उनलाई धन्यवाद दिए र भने, ‘मलाई आशा छ अब तिमी पनि तयार छौ ।’

अथिया शेट्टी–केएल राहुल
फिल्म ‘हीरो’ बाट बलिउडमा डेब्यू गरेकी अथिया शेट्टी एक क्रिकेटरसँग प्रेम सम्बन्धमा छिन् ।

पछिल्ला दिनहरुमा उनी क्रिकेटर केएल राहुलसँग सम्बन्धमा रहेको बताइन्छ । दुई जना डिनर डेट, चलचित्र डेट र छुट्टीमा धेरै पटक एकसाथ देखिएका छन् । जबकि अथिया आफ्नो सम्बन्धबारे टिप्पणी गर्न इन्कार गर्दै आएकी छिन् ।

 

सम्बन्धित खबरहरु