काठमाडौं । भारत, उत्तर प्रदेशको अम्बेडकरनगर जिल्लाको जहानगिरगञ्ज क्षेत्र अन्तर्गत चाऊमीन खाँदा ८ जना बिरामी परेका छन् ।

अलापुरको गोहानारपुर गाउँमा छिमेकी गाउँले युवकले ल्याएको चाऊमीन खाँदा एकै परिवारका ८ सदस्य बिरामी भएका हुन् ।

घटनाबारे जानकारी पाउँनेवित्तिकै घटनास्थल पुगेको प्रहरीले सबैलाई बिरामी अवस्थामा अस्पताल पुर्याएको छ । सबैको उपचार हुँदैछ ।

प्रहरीले अनुसन्धान गरिरहेको छ । बुधबार छिमेकी गाउँका एक युवकले बलागी चाउमीन साँझ ७ः१५ बजे लिएका आएका थिँए । उनी चाउमीन लिएर अलापुर थाना क्षेत्रको गोहनपुर गाउँमा सन्तरामको घरमा आएका थिए ।

सोही चाउमीन सन्तरामको घरका सदस्यहरूले खाएका हुन् । चाउमीन खाएको एक घण्टा पछि, अचानक सबैको स्वास्थ्य अवस्था खराब भयो ।

जानकारी अनुसार प्रदीप कुमार छोरा सन्तराम, कमला देवी पत्नी सन्तराम, सुधा र सन्ध्या छोरी सन्तराम, रविश कुमार छोरा गया प्रसाद, मीरा देवी पत्नी प्रदीप कुमार, प्रिया र पल्लवी छोरी प्रदीप कुमार सहित सन्तरामको घरका आठ सदस्य चाउमीन खाएर बिरामी भएका हुन् ।

एउटै परिवारका आठजना सदस्य बिरामी हुनु र स्वास्थ्य नाजुक हुँदै आएको खबर पाउने बित्तिकै त्यहाँ ह’लचल म’च्चियो ।

सूचनापछि घटनास्थल पुगेका प्रहरी निरीक्षक राम लखन पटेल र अर्का अधिकारी जगदीश लालले सबै पीडितलाई रामनगरको निजी अस्पतालमा भर्ना गरेका छन् ।

त्यहाँ उनीहरु सबैको उपचार भइरहेको छ । यो शं’का ग’रिएको छ कि चाउमीनमा के’ही मि’सिएको थि’यो । जसको कारणले चाउमीन खाएका सबै सदस्यहरू बिरामी भए ।

प्रहरी चौकीका निरीक्षक राम लखन पटेलले उक्त घटनाको पूर्ण अनुसन्धान भइरहेको बताउँदै अहिले नै केही भन्न सक्ने अवस्था नभएको जानकारी दिए । चाउमीन ल्याउने युवालाई पनि सोधपुछ भइरहेको छ । यस सम्बन्धमा कानुनी कारबाही भइरहेको जानकारी दिइएको छ ।

सम्बन्धित खबरहरु