काठमाडौं । एक महिलाकै हक हितका लागि गति संवैधानिक आयोगकी अध्यक्षले नै केटीलाई मोबाइल चलाउन दिए केटासँग भाग्छन् विग्रिन्छन् भन्दै दिएको बयानले सबैलाई हैरान पारेको छ ।

महिलामाथि दिनहुँ हुने अपराध नेपाल, भारतजस्ता देशहरुका लागि सबैभन्दा ठूलो समस्या हो ।

बढ्दो अपराधलाई कम गर्न निरन्तर सल्लाह दिने गरिन्छ । तर भारत उत्तर प्रदेश राज्य महिला आयोगकी अध्यक्ष मीना कुमारीले हालै जे बयान दिइन्, त्यसले सबैलाई चकित पार्यो ।

उनी विश्वास गर्छिन् कि महिलाविरुद्ध अपराध बढ्नुको कारण उनीहरुको मोबाइल फोन हो । केटीहरुले मोबाइल प्रयोग गर्दा अपराध बढ्ने दावा गर्दै गर्दा उनको हातमा पनि मोबाइल नै थियो ।

मीना कुमारीले समाजमा यस्ता घटनाहरु नरोकिने बताउँदै समाजले यसको वकालत गर्नुपर्ने बताइन् ।

https://twitter.com/news24tvchannel/status/1402856953643110405

उनले सबै आमाबाबुले आफ्नी छोरीहरू कहाँ जान्छन्, के गर्छन भनेर विचार गर्नुपर्ने बताइन् । उनले भनेकी छिन्, ‘समाजमा यस्ता घटनाहरु रोकिंदैनन्, त्यसैले हामीसंगै समाजले यसको वकालत गर्नुपर्छ ।

तपाईंले आफ्नी छोरीहरूलाई, उनीहरू जान्छन् र को केटासँग उनीहरु बस्छन् भनेर हेर्नुपर्छ । उनीहरुको मोबाइल पनि हेर्नुपर्छ ।

म सबैलाई भन्छु केटीहरू मोबाइलमा कुरा गर्दा गर्दै उसैसँग भागेर जान्छन् ।’ मीना कुमारीका अनुसार परिवारका सदस्यले छोरीहरूलाई मोबाइल दिनुहुँदैन ।

बरु, छोरीहरूमाथि नजर राख्नुपर्छ । उनले भनिन्, ‘सबैभन्दा पहिले म सबै आमाहरूलाई आफ्नी छोरीको रेखदेख गर्न भन्छु ।’

उनका अनुसार छोरीमाथि हुने कुनै पनि खालको अपराध आमाको लापरवाहीले गर्दा हुन्छ । उनको उक्त बयानलाई लिएर सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

 

सम्बन्धित खबरहरु