काठमाडौ । नेकपा एमाले वरिष्ठ नेता माधबकुमार नेपालका अति निकट पात्र नेता भीम आचार्यले समेत नेपाललाई अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग्न सुझाव दिएका छन् ।

उनी पार्टी विभाजनको विपक्षमा उत्रिदै पार्टीलाई एकतावद्ध बनाउन परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन शीर्ष नेतालाई अपिल गरेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ ३ भन्दा पूर्व अवस्थामा फर्काउने घोषणा गरेसँगै नवौं महाधिवेशनबाट निर्वाचित सचिव नेता आचार्यले यस्तो सुझाव दिएका हुन् ।

सचिव आचार्यले अध्यक्षको कदमको समर्थन गर्दै पहिलो पुस्ताका नेतहरु पार्टीको अभिभावक बनेर नेतृत्व हस्तान्तरण गर्नुपर्ने धारणासमेत राखेका छन् ।

यस्तो छ आचार्यको बिचार

यतिबेला नेकपा ९एमाले० को पार्टी एकता गम्भीर संकटमा परेको छ। देशकै प्रमुख पार्टीभित्रको बिबाद र संकटले लोकतन्त्र र क्रान्तिका सबै उपलब्धीहरु शंकटमा परेका छन्।

राष्ट्रिय अखण्डता र हितमा आघात पुग्ने अवस्था श्रृजना भएको छ। पार्टीलाई एकतावद्ध बनाउदै राष्ट्रिय हित र क्रान्तिका उपलब्धि हरु को रक्षा गर्न निम्न काम गर्न आवश्यक छ।

१, २०७७ फागुन २३ को अदालतको निर्णयपछि भएका सबै खाले गुटगत निर्णयहरु खारेज गरी माहाधिबेशनले निर्वाचित गरेको केन्द्रीय कमिटी र निकायहरु तथा आफ्नो अधिवेशन या प्रकृयाबाट आएका जनसंगठन तथा मातहत कमिटीलाई स्थापित गर्ने।

२, क. के.पी. वली, क. झलनाथ खनाल, क. माधव नेपाल, क. वामदेब गौतम र क. अमृत बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरुले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने।

३, नेताहरुले अहंकार, घमण्ड, चरम महत्वकांक्षा, ईर्ष्या, लघुताभास र इगो त्याग गरी पार्टीलाई एकतावद्ध बनाउदै परिवर्तनकारी शक्तिको रुपमा अगाडी बढाउन सहयोग गर्ने।

४, पार्टीलाई सामुहिक नेतृत्व,नितीको मार्गदर्शन र बिधिको ब्यबस्था अनुरुप संचालन गर्ने।

सम्बन्धित खबरहरु