काठमाडौं । शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्न लागेको छ । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ं कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुट्नु भएका सभामुख सापकोटाले शुक्रबार बैठक बोलाउनु भएको हो ।

प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक आह्वान गरिएको छ ।

आज दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन बैठक बोलाउनु भएको हो ।

यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गरिसक्नु भएको छ ।

यो पनि, तनहुँ समाज युकेले तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोभिड सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख बढी सहयोग गरेको छ ।

तनहुँ घर भई युकेमा रहेका तनहुँवासीको संस्थाले सङ्कट व्यवस्थापन महाअभियानका लागि रु आठ लाख आठ हजार ६४० सहयोग गरेको हो । कोभिड न्यूनीकरणका लागि सङ्घले खडा गरेको कोषमा हालसम्मकै सर्वाधिक रकम जुटेको हो ।

उक्त रकमको चेक व्यास नगरप्रमुख बैकुण्ठ न्यौपानेमार्फत सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठलाई बिहीबार हस्तान्तरण गरिएको छ । सहयोग रकम जुटाउन समाजका अध्यक्ष लेख गुरुङ, उपाध्यक्ष केशर राना, सल्लाहकार देवी आले, दमौली निवासी रन्जन मल्ल लगायतको महत्वपूर्ण भूमिका छ ।

जिल्लावासीलाई एकताको सूत्रमा समेटी जिल्लाको विकास, समृद्धि र सुख दुःखमा नजिक रहेर महत्वपूर्ण सहयोग गरेकामा सङ्घले समाजप्रति आभार व्यक्त गरेको छ ।

सङ्घले जिल्लाका स्थानीय तह, अस्पताल र सुरक्षाकर्मीलाई रु १० लाख बराबरको स्वास्थ्य सामग्री वितरण गरिसकेको छ ।

सङ्घले व्यास नगरपालिका, म्याग्दे गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर अस्पताल, पुरनडिही अस्पताल, दमौली अस्पताल, जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रलाई अक्सिजन सिलिन्डर सहित स्वास्थ्य सामग्री वितरण गरेको छ भने कालीभञ्जन गण (इ) र नेपाल पत्रकार महासङ्घ तनहुँ शाखाका लागि पनि स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।

सम्बन्धित खबरहरु