काठमाडौ । देशका ७५ जिल्लामा जारी निषेधाज्ञाको मोडालिटी असार १ देखि हेरफेर गर्ने सरकारको तयारी छ ।

मोडालिटी हेरफेर भएपनि तत्काल सवारीसाधन नचल्ने गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले बताएका छन् ।

सवारीसाधनलाई भने तत्काल खुला नगरिने प्रवक्ता दाहालले बताए ।

अहिलेको समय कृषि र खेतीपातीको समय भएकोले त्यसैलाई मध्यनजर राखी निषेधाज्ञाको मोडालिटी बनाइने प्रवक्ता दाहालको भनाइ छ ।

सवारीसाधन सञ्चालन गर्दा झनै संक्रमण बढ्ने भएकाले अहिले सवारीसाधन सञ्चालन गर्ने कुनै तयारी नभएको उनले बताए ।

आर्थिक गतिविधि सञ्चालन गर्न सहजीकरण गर्ने भन्ने कुरा आइरहँदा प्रवक्ता दाहालले शहर बजारमा व्यापार–व्यवसाय पनि अहिले नै सञ्चालन नहुने बताए ।

निषेधाज्ञा जारी भएकाले संख्यात्मक हिसावले थोरै कोरोना संक्रमण घटे पनि उल्लेख्य घटिसकेको छैन ।

जनस्वास्थ्य विज्ञले असारमा झन् बढी कोरोना संक्रमण फैलिने अनुमान गरेकाले निषेधाज्ञा हटाइहाल्ने अवस्था नरहेको प्रवक्ता दाहालको भनाइ छ ।

अघिल्लो वर्षको जस्तो पूर्ण लकडाउन नभएकोले जनजीवन पूर्णरुपमा प्रभावित भएको अवस्था नभएको उनको दाबी छ ।

 

सम्बन्धित खबरहरु