काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक जारी रहेको छ ।

संघीय संसद भवन नयाँ वानेश्वरको ल्होत्से हलमा भएको बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने शीर्ष नेता र पूर्वप्रधानमन्त्रीहरु सहभागि हुनु भएको छ ।

बैठकमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका नेता माधवकुमार नेपाल, संघीय समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई, राप्रपाबाट दिपक बोहोरा, नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाललगायत नेता सहभागी हुनु भएको छ ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनाल भने अर्चुअल्ली सहभागी हुने बताइएको छ । अर्कोतिर प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी हुनु भएन् ।

यो पनि, आधा दशकपछि भारतबाट बाहुनडाँगीमा हात्तीको बथान आउन थालेको छ । सीमामा गरिएको विद्युतीय तारबार र सशस्त्र गस्तीका कारण तिनीहरु मेचीको बगरबाटै फर्किने गरेका छन् ।

मानव हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण समिति बाहुनडाँगीका अध्यक्ष हरि उप्रेतीले एक सातादेखि हरेक रात भारतबाट मेची नदी तरेर नेपालको तारबार क्षेत्रसम्म हात्तीको बथान आउन थालेको बताउनुभयो । तीसदेखि एक सयको सङ्ख्यामा हात्तीको बथान आउने गरेका छन् ।

बथानमा लामा लामा दाह्रा भएका भाले हात्तीदेखि बच्चाहरु पनि छन् । केही दिनअघि मेचीनगर—४ स्थित बाहुनडाँगी भन्सार गौंडामा विद्युतीय तारबार भत्काएर ३० वटा हात्ती बाहुनडाँगी पसेका थिए ।

त्यसबेला तारबार भत्काएर पसेका हात्तीले मकैबाली खाएर सोत्तर बनाएका थिए । समितिले भत्केको तारबार मर्मत गरिसकेको जनाएको छ । तारबारको करेन्टसँग डराएर हात्ती रातभर सीमा क्षेत्रमै रोकिने गरेका छन् ।

भारतको सीमा क्षेत्रमा महानन्द वाइल्ड लाइफ सेन्चुरी नामक वन्यजन्तु आरक्षको घना जङ्गल छ । आसामदेखि आएका हात्ती नेपाल आउनु अघि त्यही जङ्गलमा बस्ने गर्छन् ।

हाल साँझ परेपछि समितिको पदाधिकारी, डिभिजन वन कार्यालय झापाको टोली, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली हात्ती छेक्न सीमाको गौंडाहरुमा खटिने गरेको छ । डिभिजन वन कार्यालयको साइरनसहितको गाडी र स्थानीय समितिको दुई ट्रयाक्टरले सीमा क्षेत्रमा हात्तीको गस्ती गर्दै आएको छ ।

‘‘कुनै पनि बेला हात्ती गाउँ पस्ने जोखिम छ, हामी नियमित गस्ती गरिरहेका छौं,’’ डिभिजन वन कार्यालय झापाका प्रमुख युवराज मास्केले भन्नुभयो, ‘‘२०७२ सालदेखि भारतबाट हात्ती आएका थिएनन् ।

अहिले एक्कासी आउन थाले ।’’ प्रकृति संरक्षण समाजका अध्यक्ष अर्जुन कार्कीले हात्तीको ठूलो सङ्ख्या तारबार फोडेर बाहुनडाँगी प्रवेश गर्ने प्रयासमा रहेको हुँदा विगतमा झैंं मानव हात्ती द्वन्द्व अझ बढ्ने चिन्ता व्यक्त गर्नुभयो ।

सम्बन्धित खबरहरु