काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भौतिक रुपमा समाप्त पार्ने खेल भइरहेको खुलेको छ ।

नेपाली कांग्रेसका बागमती प्रदेशका सांसद नरोत्तम वैद्यले यस्तो गम्भीर खुलासा गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई भौतिक रुपमा समाप्त पार्न आफू तयार रहेको भन्दै बयान दिएपछि नयाँ तरङ्ग उत्पन्न भएको हो ।

बागमती प्रदेशको सरकारले ल्याएको नीति तथा कार्यक्रम माथिको छलफलमा भाग लिँदै शुक्रबार कांग्रेस सांसद वैद्यले त्यस्तो बताउनु भएको हो ।

भारतमा नाथुराम गोड्सेले महात्मा गान्धीलाई सिध्याएजस्तो आफु पनि प्रधानमन्त्री ओलीलाई समाप्त पार्न तयार रहेको बयान दिएका थिए । उनको अभिव्यक्तिको अहिले सामाजिक सञ्चालमा चर्को आलोचना हुँदैछ ।

केहि दिन अघिबाट देउवा निवास बुढानिलकण्ठमा पाँच गठबन्धको पटक पटक गोप्य बैठक हुनुले पनि प्रधानमन्त्री ओली माथि ठुलो षडयन्त्र भएको भएको नेकपा एमाले ओली पक्षका नेताहरुको आशंका रहेको छ ।

एक नेताको अनुसार यो योजना त्यहि बनेको हुनुपर्छ तर वैद्यले त्यो षडयन्त्रको कुरा बोलेको हुनुपर्ने प्रष्ट हुन्छ ।

सांसद वैद्यले जसपाका राजेन्द्र महतोसहितका नेतालाइ मन्त्रीपरिषद्मा समेटेकोमा आपत्ति जनाउँदै मुनुचिया भन्ने देशको उदाहारण प्रस्तुत गरेर नाथुराम गोड्से बन्ने भन्दै आक्रोश पोखेका हुन् ।

उनले एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाइ अहिले सत्ता चलाइरहेको अवस्थामा छोड्न नहुने र कोही नाथुराम गोड्से बन्न तयार छैन् आफू बन्न तयार रहेको भनेका हुन् ।

उनले दिएको बयान यस्तो रहेको छ, ‘आफ्नो सत्ता बचाउनका लागि जे पनि गरिराखेको छ । यो समयमा खड्क ओलीलाई यसरी नै छोड्ने हो भने, यो नेपाल खाइदिन्छ होई ।

खाइदिन्छ होई । त्यसैले मेरो आग्रह छ कोही नाथुराम गाोड्से आवश्यक्ता पर्यो होईन यो देश बचाउन । कोही नाथुराम गोड्न बन्न तयार छैन भने म बन्ने कि’

उनले प्रधानमन्त्री ओलीमाथि सरकार बाहिर बस्दा घोर राष्ट्रवादी र सरकारभित्र हुँदा लम्पसारवादी भएको आरोप पनि लगाएका छन् ।

तपाईंलाई जानकारी गराउ कि सन् १९४८ जनवरी ३० मा महात्मा गान्धीलाई भौतिक रुपमा नाथुराम गोड्से नामका व्यक्तिले गरेका थिए ।

सम्बन्धित खबरहरु