काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भौतिक रुपमा समाप्त पार्ने चेतावनी दिने बयान फिर्ता भएको छ ।

वाग्मती प्रदेश सभामा काँग्रेस सांसद नरोत्तम वैद्यले प्रधानमन्त्रीविरुद्ध प्रदेश सभामा दिएको अभिव्यक्ति फिर्ता लिएका हुन् ।

शनिबार प्रदेश सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग समय मागेर उनले फिर्ता लिएका हुन् ।

उनले भावावेशमा आएर त्यस्तो अभिव्यक्ति दिएको भन्दै आत्मालोचना पनि गरेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग आफ्नो कुनै रिसइवी नभएको पनि स्पष्ट पारेका छन् । उनले आफुलाई गान्धीवादी नेता पनि भनेका छन् ।

आवेशमा त्यस्तो अभिव्यक्ति दिएको भन्दै त्यो अभिव्यक्ति फिर्ता लिएको उनले जानकारी दिएका हुन् ।

उनले आत्मालोचनासहित अभिव्यक्ति फिर्ता लिँदै सो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन अनुरोध गरेपछि सभामुखले सो अभिव्यक्ति रेकर्डबाट हटाउन निर्देशन दिएका छन् ।

नेपाली कांग्रेस पार्टीले उनलाई उक्त बयान तत्काल फिर्ता लिन निर्देशन दिएको थियो ।

सम्बन्धित खबरहरु