काठमाडौं । विश्व बैंकले नेपालको उच्च शिक्षाको गुणस्तर सुधारका लागि रु सात अर्ब २० करोड सहयोग गर्ने घोषणा गरेको छ ।

बैंकको कार्यकारी निर्देशक बोर्डले उच्च शिक्षाको गुणस्तर सुधार, अनलाइन शिक्षाको स्तर वृद्धि तथा विपन्न एवं कमजोर विद्यार्थीका लागि शैक्षिक संस्थाहरूमा पहुँच विस्तार गर्न उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

बैंकबाट प्राप्त हुने उक्त रकमबाट गुणस्तरीय उच्च शिक्षामा पहुँच सुधार र विद्यार्थीलाई श्रमबजारमा माग भएका सीपहरू प्राप्त गर्न सहयोग पुग्ने विश्वास माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका देशीय निर्देशक फरिस हदद–जर्भोस व्यक्त गर्नुभएको छ ।

“मानव पूँजी विकास तथा सबल पुनःनिर्माणलाई प्राथमिकतामा राख्नु कोभिड–१९ को महामारीका बेला अपरिहार्य भएको छ”, यहाँस्थित बैंकको देशीय कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यो पनि, धनुषका व्यवसायीले व्यवसाय सञ्चालन गर्न कोरोना विरूद्धको खोप उपलब्धका लागि स्थानीय प्रशासनसँग आग्रह गरेका छन् ।

जनकपुर उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले आज यहाँ प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलालाई ज्ञापन पत्र बुझाउँदै ४० दिनदेखि बन्दाबन्दीले उद्योग र व्यापार धरासायी हुन लागेकोतर्फ ध्यानाकर्षण गराएका छन् ।

व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गर्दे बजारलाई सहज बनाउन सङ्घ आवश्यक सहयोग र समन्वय गर्न तत्पर रहेको ज्ञापन पत्रमा उल्लेख छ ।

व्यवसायीले पेशागत बाध्यताले प्रत्यक्ष जनसम्पर्कमा रहनु पर्ने भएकाले व्यवसायी कोरोना सङ्क्रमण उच्च जोखिम रहेकाले अब सञ्चालन हुने खोप अभियानमा व्यवसायीलाई प्राथमिकता राख्न आग्रह समेत गरेका छन् ।

सम्बन्धित खबरहरु