काठमाडौं । चीनको हुबे प्रान्तको शियान नगरमा ग्याससम्बन्धि दुर्घटनामा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको अवस्था निकै जटिल रहेको छ ।

खोज तथा उद्धार अधिकारीहरुले दिउँसो १२ बजेसम्ममा घटनास्थलमा भेटिएका १५० जनाको उद्धार गरी स्थानीय अस्पतालहरुमा भर्ना गरिएको बताएका छन् ।

शियान नगरको झाङवानको आवासीय क्षेत्रमा बिहान ६ः३० बजे उक्त दुर्घटना भएको थियो । घटनापछि स्थानीयबासीबीच भागदौड मच्चिएको थियो ।

खोज तथा उद्धार कार्य जारी रहेकाले उक्त घटनामा के कति व्यक्ति हताहत भए भन्ने एकिन भइ नसकेको पनि अधिकारीहरुले बताएका छन् ।

यो पनि, नेटो राष्ट्रका ८० प्रतिशत भन्दा बढी नागरिक नेटो गठबन्धनको पक्षमा रहेको पाइएको छ ।

नेटो राष्ट्रका नागरिकहरुमा गरिएको एक सर्वेक्षणबाट यस्तो परिणाम आएको समाचारमा जनाइएको हो ।

नेटो राष्ट्रका नागरिकमा सो सर्वेक्षण गरिएको थियो । नेटो संगठनले नै यो सर्वेक्षण गरेको बताइएको छ ।

उक्त सर्वेक्षणमा करिब १४ प्रतिशत नागरिकले भने नेटो सैन्य संगठनमा आबद्ध आफ्ना देशले सदस्यता त्याग्नुपर्ने अथवा सो गठबन्धनमा सहभागी हुन नहुने जनाएका थिए ।

आफ्ना देशहरु सो नेटो संगठनमा रहनु उचित हुन्छ कि हुदैन भनेर सो सर्वेक्षण गरिएकोमा यहाँ आवद्ध ८६ प्रतिशत नागरिकले आफ्नो देश सो संगठनमा रहनुपर्छ भनेर मतदान गरेका थिए ।

उनीहरुले आफ्ना देशलाई नेटो सैन्य गठबन्धनबाट बाहिरिन नहुने भनेर सुझाव पनि दिएका सो अनुसन्धानमा पाइएको पनि बताइएको छ ।

पछिल्ला केही वर्षहरुमा यस सैन्य गठबन्धनका विषयमा प्रश्न पनि उठेको छ । कतिपय देशका नागरिकले आफ्नो देश सो गठबन्धनबाट बाहिरिनुपर्ने भनी प्रश्न उठाएका थिए ।

सम्बन्धित खबरहरु