काठमाडौं । गएको १६ वैशाखदेखि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा एक साता थपिएको छ । उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो । उपत्यकामा असार ७ गतेसम्म निषेधाज्ञा कायमै रहने भएको छ ।
जेठ मसान्तसम्म लगाइएको निषेधाज्ञालाई कोरोना भाइरसको जोखिम घटिनसकेको निष्कर्षसहित थप एक साता बढाउने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेको हो । उनीहरुले निषेधाज्ञालाई केही खुकुलो पनि पारेको जानकारी दिएका छन् ।
अब तरकारी तथा खाद्यान्न पसल बिहान ११ बजेसम्म खोल्न दिइनेछ भने अनलाइन होम डेलिभरी सेवा पनि चल्नेछन् ।
अर्कोतिर अब बिहान ११ बजेसम्म पुस्तक पसल पनि खोल्न दिइनेछ भने अपराह्न ४ बजेपछि हार्डवेयर पसल पनि खोल्ने दिइनेछ । कृषि क्षेत्रको कामका लागि पनि सहजीकरण गरिनेछ ।
विदेश जानेहरुका लागि भिषाको काममा पनि सजिलो गरिने बताइएको छ । हाललाई यातायात सेवा खुलाइएको छैन ।