काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको परीक्षाको नतिजा पनि आगामी साताभित्र प्रकाशन गर्ने जनाएको छ ।

स्नातक तहमा मानविकी सङ्कायतर्फ तेस्रो वर्षको नियमिततर्फका विद्यार्थीको नतिजा प्रकाशित हुन बाँकी छ ।

अन्य सङ्काय तथा अध्ययन संस्थानका चौथो वर्षका विद्यार्थीको परीक्षाफल प्रकाशित हुन सकेको छैन ।

त्रिविमा हाल स्नातक तहमा तीनवर्षे र चारवर्षे कार्यक्रम सञ्चालनमा छन् ।

शिक्षाध्यक्ष प्रा। शिवलाल भुसालले नतिजा प्रकाशनका लागि काम भइरहेको जानकारी दिएका छन् ।

उत्तरपुस्तिका परीक्षण सकिएको र उपत्यका बाहिरबाट उत्तरपुस्तिका आउने क्रममा रहेको उनले जानकारी दिए ।

उत्तरपुस्तिका परीक्षणको काम सकिएकाले अब केही दिनमा नतिजा प्रकाशन गरिने उनको भनाइ छ ।

बल्खुस्थित परीक्षा नियन्त्रण कार्यालय परिसरमा पाल टाँगेर भए पनि प्राध्यापकलाई काम पूरा गरिदिन आग्रह गरिएको छ ।

कोरोना भाइरस महामारीका कारण विश्वविद्यालयका प्राध्यापकहरू डराएकाले परीक्षण कार्य केही दिन बिलम्ब भएको उनले बताए ।

सम्बन्धित खबरहरु