९ माघ, काठमाडौं । दुई नेपली युवतीलाई पोल्याण्ड लैजाने भन्दै अफ्रिका पुर्याएर वेश्यावृत्तिमा लगाउने दुईजना पक्राउ परेका छन् । नेपाल प्रहरी
को केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी)ले गणेश पुरी र भुवन अधिकारीलाई पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।

अदालतले उनिहरुलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको सआइबीका प्रवक्ता एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै उनिहरुले दुईजनासंग १५ लाख रुपैया असुलेका थिए ।
करिब चार महिनापछि ती युवतीहरु काजकस्तनबाट भागेर नेपाल आएका थिए । उनिहरुलाई आकर्षक रोजगारीमा लगाइदिने भन्दै दलालहरुले भारतको नयाँ दिल्लीबाट उडाएका थिए ।