काठमाडौ । विभिन्न कालखण्डमा भारत परस्त आरोप लागिरहने पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई देशमा विदेशी हस्तक्षेप बढेकोमा चिन्तित देखिनुभएको छ ।

बढ्दो हस्तक्षेपले ठूलै षड्यन्त्रको तानाबाना बुनिरहेको उहाँको ठहर छ । तर धेरैले यो उहाँको गोहिको आशुको संज्ञा दिएका छन् ।

त्यसैले पछिल्ला केही सातायता उहाँले सामाजिक सञ्जाल होस् वा टेलिभिजन, जतासुकै यो विषय उठाइ रहनुभएको छ ।

सस्तो लोकप्रियता कमाउन उहाँले यस्तो फण्डा निकालेको आम मानिसको बुझाई रहेको छ ।

यही निष्कर्षका साथ शनिबार ५ पूर्वप्रधानमन्त्रीबाट विज्ञप्ति नै आयो । जसमा बाबुरामको अलि बढी नै अग्रसरता देखिन्छ । भट्टराईले देशलाई सधैं अनिर्णयको बन्दी बनाउँदै अस्थिरता फैलाउने शक्तिसँग काँधमा काँध मिलाएर हिंडेका छन् ।

विज्ञप्तीमा हस्ताक्षर गर्ने पाँच जना पूर्व प्रधानमन्त्रीहरु हुनुहुन्छ तर उहाँले आफ्नो कार्यकालमा कोही प्रधानमन्त्री भए लगैत भारत गएर भारतलाई खुशी बनाउन केहि न केही दुरगामी असर पर्ने सम्झौता गर्न समेत पछि परेनन् ।

कोहि दिल्लीको खुट्टा नमोले सम्म नेपालको प्रधानमन्त्री बन्न पाएनन् । हिजो विहान भारत विरुद्ध सुरुङ लडाईँ गर्नुपर्छ भन्नेहरु पनि नेपालको प्रधानमन्त्री बन्नु भएको तर उहाँको सुङग लडाईँ लैनचौरमा लम्पसार परेको आरोप आम नेपालीले लगाउने गरेका छन् ।

यता निकै राष्टवादी कुरागर्ने डा. भट्टराई उहाँ प्रधानमन्त्री हुदा विपा सम्झौता गर्नुका साथै विभिन्न दुरगामी असर गर्ने खालका भारत संग सम्झौता गर्नुभको आरोप समेत लागेको छ ।

उहाँले पटक पटक भारतीय संचारमाध्यमलाई अन्र्तवार्ता दिदा समेत नेपालको नयाँ नक्साको बारेमा बोल्न त कुरौ छाडौ आफ्नो तस्वीरमा देखिने फोटो समेत लुकाउदै आउनुभएको आम नागरिकको गुनासो हरेको छ ।

यसैवीच बढ्दो विदेशी हस्तक्षेपका कारण चिन्तित उनै बाबुरामले यही प्रकरणबारे एक टेलिभिजनलाई अन्तवार्ता दिने क्रममा भने नेपालको नक्साको चुच्चोतर्फको भाग नै छोपेको पाइएको छ ।

कान्तिपुर टेलिभिजनसँग अनलाइनमार्फत आफ्नै निवासबाट संवादमा जोडिएका डा. भट्टराईले तौलियाले नेपालको नक्साको चुच्चोतर्फको भाग छोप्नुभएको छ ।

पृष्ठभूमिमा रहेको नक्साको अन्य भाग भने देखाइएको छ । भट्टराईको अन्तर्वार्ताको यस्तो दृश्य देखिएपछि धेरैले यसमाथि प्रश्न उठाएका छन् । नयाँ नक्सा जारीपछि सरकारले पूर्वप्रधानमन्त्रीलगायतलाई उपहार दिएको थियो ।

भट्टराईले नक्सालाई नियतवश छोपेका हुन् या संयोग मात्र हो ? खुलेको छैन । सामाजिक सञ्जालमा यसबारे प्रश्न उठाइए पनि उहाँले जवाफ दिनुभएको छैन ।

वाह्य हस्तक्षेपले चिन्तित बाबुरामले विगतमा प्रोटोकल मिचेर भारतलगायत राष्ट्रका मन्त्री, नेता, राजदूतलगायतसँग गरेको भेटवार्ताबारे पनि अहिले उत्तिकै प्रश्न उठेको छ ।

यसबारे जवाफदेही हुन बाबुरामले आवश्यक देख्नुभएको छैन या थप पोल खुल्ने डरले केही बोल्नुभएको हैन आम नेपालीको गुनासो रहेको छ । जनता टाईम्स डटकमबाट

 

सम्बन्धित खबरहरु