काठमाडौं । एक महिला सांसदको विवाह संकटमा परेको छ । बङ्गाली फिल्म उद्योगकी चर्चित अभिनेत्री एवं तृणमूल कांग्रेस (टीएमसी) सांसद नुसरत जहान र उनका पति निखिल जैनबीचको विवाद अब विश्वको अगाडि आएको हो ।

दुबै जना एक अर्कालाई आरोप लगाउँदैछन् । मिडियामा यो कुरा आएपछि नुसरतले बुधवार आफ्ना पति निखिलसँग बिग्रेको सम्बन्धको बारेमा बयान जारी गरेकी थिइन् ।

त्यस समयमा, उनले आफ्ना पतिमाथि धेरै आरोप लगाएकी थिइन् । पत्नी नुसरत जहानको बयान पछि अब निखिल जैनले पनि आफ्नी श्रीमतीको पर्दाफाश गरेका छन् ।

निखिल जैनले दिएको जानकारी अनुसार नुसरतले उनलाई धोका दिएकी छिन् ।

विवाह पछि, नुसरत अगस्त २०२० मा एक फिल्म को लागी शुटिङमा व्यस्त भइन् । त्यसबेलादेखि उनको व्यवहार पूर्ण रूपमा परिवर्तन भएको उनको भनाई रहेको छ ।

यसको पछाडि के कारण थियो रु भनेर उनले प्रश्न पनि गरेका छन् । यसको जवाफ नुसरत स्वयंमले राम्रोसँग दिनसक्ने पनि उनले उल्लेख गरेका छन् ।

यस बाहेक, श्रीमान् श्रीमतीको रूपमा बस्दा आफुले नुसरतलाई धेरै पटक विवाह दर्ता गरौं भन्दै अनुरोध गरेको जैनले स्पष्ट पारेका छन् । तर उनले जहिले पनि यसलाई बेवास्ता गर्दै आएकी थिइन् ।

नुसरत जहानका पति निखिलले अझै भनेका छन, ‘म उनलाई माया गर्थें, सोही प्रेमको कारण मैले उनलाई विवाहको प्रस्ताव राखें ।

हामी दुबै २०१९ मा टर्की गयौं र दुनियाँको परवाह नगरी विवाह गर्यौ । त्यसपछि, कोलकाता फर्केपछि, पार्टी पनि दिइयो ।

हामी दुबै समाजमा विवाहित जोडीको रूपमा बाँचिरहेका थियौं ।

विवाह पछि मैले आफ्नो समय, पैसा र सामान आफ्नी पत्नी नुसरत जहालाई विश्वस्त पतिको रूपमा हस्तान्तरण गरें । बदलामा, मैले केवल धोका खाए, अरू केहि पनि भएन ।’

 

सम्बन्धित खबरहरु