काठमाडौं । प्रतिदिन १७ करोड लिटर काठमाडौंमा आइरहेको मेलम्चीको पानी भोलि (असार १ गते)देखि २ महिना नआउने भएको छ ।

सोमबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले सूचनामार्फत दैनिक १७ करोड लिटर पानी आइरहेको काठमाडौं उपत्यकामा असार १ गतेदेखि २ महिना नआउने र खानेपानी वितरणमा फेरबदल गरेको जनाएको हो ।

यसअघि नै मेलम्चीको सुरुङ खाली गरिने र २ महिना मेलम्चीको पानी काठमाडौं उपत्यकामा नआउने जानकारी दिइसकिएको छ । केयुकेएलबाट सोमबार प्रकाशित गरिएको तालिकाअनुसार चार दिनदेखि १२ दिन बिराएर धारामा पानी आउनेछ।

तालिका अनुसार महाँकालचौरबाट वितरण गर्ने पानी ७ दिन बिराएर पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी, सिफल कालोपुल, चावहिल, विशालनगर, मित्रपार्क, हाडिगाउँ, मालिकागाउँमा खानेपानी आउने छ।​

सैंबु ललितपुरबाट वितरण हुने पानी १२ दिन बिराएर ललितपुर, सानेपा, मंगलबजार, कुपन्डोलमा पानी आउने छ।

यसैगरी बाँसबारीबाट वितरण हुने पानी पाँच दिन बिराएर रानिबारी, लाजिम्पाट, नर्सरीचोक, गैरिधारामा खानेपानी वितरण हुनेछ।

मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी आइरहेको अवस्थामा असारदेखि पानी नआउने भएपछि पानी वितरणमा समस्या आउने पनि केयुकेएलले जनाएको छ ।

हेर्नुहोस्, मेलम्चीको पानी नआउन्जेसम्मलाई खानेपानी वितरणको तालिका :

सम्बन्धित खबरहरु