काठमाडौं । नेपालको गाउँ गाउँमा खेलकुदप्रति बढ्दो प्रेम देखिन्छ ।

पर्याप्त श्रोत साधनको अभावबीच पनि गाउँमा खेल फस्टाउँदै गइरहेको छ ।

विश्वभर चर्चित फुटबल पनि नेपालमा खुबै चर्चित छ ।

टालोको फुटबल बनाएर भए पनि मानिसहरु सामान्य खेल मैदानमा पनि उत्कृष्ट खेल देखाउन सफल भइरहेका छन् ।

यस्तै हेर्ने कथाले पनि यस्तै एक खेल र खेलाडीहरु फेला पारेको छ ।

उनीहरुले आफ्नो ट्वीटरमा एक भिडियो साझा गर्दै भनेका छन्, ‘आजको फुटबल खेल पनि सुरु हुनै लागेको छ ।

आमा समूह दुई वटा टिममा बाँडिएका छन् । रेफ्रीले खेल सुरु भएको संकेत गरिसकेका छन् ।

लताकुञ्ज विद्यालयको रंगशालामा भइरहेको खेल हेर्न खचाखच दर्शक उपस्थित छन् ।’

भिडियोमा महिलाहरु जोडदार तरिकाले फुटबल खेलिरहेका छन् ।

https://twitter.com/hernekatha/status/1404419600905904137

सम्बन्धित खबरहरु