काठमाडौ । निकारागुवाको प्रहरीले विपक्षी नेताहरूलाई धमाधम पक्राउ गर्न थालेको छ ।

पछिल्लो हप्तामा मात्रै प्रभावशाली छ नेतालाई पक्राउ गरिसकिएको अधिकारीले जानकारी दिएका छन् ।

ती मध्ये पाँच जना आइतबार मात्रै पक्राउ परेका हुन् । राष्ट्रपति डानीयल अर्टेगाको सरकारलाई चुनौति दिने नेताहरुलाई छानिछानी पक्राउ गर्ने गरिएको छ ।

पक्राउ पर्नेमा गत नोभेम्बरमा भएको निर्वाचनमा उम्मेदवार भएका प्रभावशाली नेताहरु पनि रहेका छन् ।

प्रहरी अधिकारीहरूले यही जुन २ देखि गिरफ्तार गर्ने क्रम सुरु गरेको र अहिलेसम्म १३ जनालाई गिरफ्तार गरिसकिएको छ ।

योपनि
जिम्बाबेका ९७ बर्षीय प्रथम राष्ट्रपति सङ्क्रमित, अस्पताल भर्ना
जिम्बाबेका प्रथम राष्ट्रपति केनेथ काउन्डा कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । कोभिड सङ्क्रमणपछि स्वास्थ्यमा थप जटिलता आउँदा ९७ बर्षीय काउन्डालाई अस्पताल भर्ना गर्नुपरेको अधिकारीहरुले जनाएका छन् ।

दक्षिण अफ्रिकी मुलुक जिम्बाबेका पूर्व राष्ट्रपति काउन्डाको निजी सचिवालयले उहाँको स्वास्थ्य लाभका लागि प्रार्थना गरिदिन सवैसँग अनुरोध गरेको छ । “हामी सवै स्वदेशी तथा विदेशी मित्र तथा शुभेच्छुकहरूसँग उहाँको स्वास्थ्य लाभको कामना गरिदिनुहुन अनुरोध गर्दछौँ । त्यसैगरी उहाँको उपचारमा संलग्न चिकित्सकहरुको टोलीले सम्भव भएसम्मका सवै प्रयासहरू गरिरहेकोले उनीहरुलाई सफलता प्राप्त हुने विश्वास लिएका छौँ,” सचिवालयलद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

छोटो सो वक्तव्यमा उहाँको स्वास्थ्य अवस्थाका बारेमा विस्तृत विवरण भने उल्लेख गरिएको छैन । राजधानी लुकासामा रहेको मैना सोको मेडिकल सेन्टरमा उहाँको उपचार भइरहेको हो । जिम्बाबेमा पछिल्लो समय सङ्क्रमितको सङ्ख्यामा नाटकीयरूपमा बृद्धि हुँदैआएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

जिम्बाबेमा अहिलेसम्म कुल एक लाख आठ हजार सङ्क्रमित भएका छन् भने एक हजार ३४८ जनाको मृत्यु भएको छ । बेलायती उपनिवेशबाट मुलुकलाई मुक्त गराउन नेतृत्वदायी भूमिका खेल्नु भएका काउन्डा सन् १९६४ मा मुलुकको पहिलो राष्ट्रपतिका रूपमा निर्वाचित हुनुभएको थियो ।

सम्बन्धित खबरहरु