काठमाडौ । खेल अघि अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले आफ्नो टीमलाई जसरीपनि जिताउने उद्घोष गरेका थिए ।

तर कोपा अमेरिका फुटबलमा अर्जेन्टिना चिलीसँग निरिह बन्यो ।

खेल बराबरीमा रोकियो ।

आज बिहान भएको खेलमा एक गोलको अग्रता जोगाउन नसक्दा अर्जेन्टिना बराबरीमा रोकिएको हो ।

खेलको ३३ औं मिनेटमा कप्तान लियोनल मेस्सीले फ्रि किकमा गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए ।

अर्जेन्टिनाका लागि मेस्सीको यो ७३ औं गोल हो । तर, खेलको ५७ औं मिनेटमा एडुवार्डो भेर्गासले गोल गर्दै चिलीलाई १–१ गोलको बराबरीमा फर्काए ।

बराबरीसँगै समूह 'ए’ मा रहेका दुवै टोलीले एक–एक अङ्क बाँडेका छन् । अर्जेन्टिना समूहको शीर्ष स्थानमा रहेको छ भने चिली दोस्रो स्थानमा रहेको छ । अब अर्जेन्टिनाको पहिलो स्थान खोसिने सम्भावना रहेको छ ।

 

सम्बन्धित खबरहरु