काठमाडौं । हिन्दीमा एउटा भनाइ छ, ‘जाको राखे साईयाँ, मार सके न कोय ।’ अमेरिकामा एक व्यक्तिलाई पनि त्यस्तै भयो । वास्तवमा, ति व्यक्ति सम्भवतः पहिलो र अन्तिम व्यक्ति हुन, जो जिउँदो व्हेल माछाको मुखमा गएर जीवित फर्कन सफल भए ।

उनी ३० सेकेन्ड सम्म व्हेलको मुख भित्रै रहेका थिए । डेली मेलमा प्रकाशित एक रिपोर्ट अनुसार, ति व्यक्तिलाई व्हेलभित्र गएको कारण केही चोटपटक पनि लागेको छ । पछि उनलाई अस्पतालमा भर्ना गरियो ।

उक्त घटना संयुक्त राज्य अमेरिकाको म्यासाचुसेट्सको हो । ति व्यक्तिको नाम माइकल प्याकार्ड हो । ५६ वर्षीय माइकल विश्वका पहिलो व्यक्ति हुन्, जो व्हेलको मुखमा पसेर उसको आहार भएनन् ।

तर ३० सेकेन्ड भित्र बिताएर जिउँदो फर्कन सफल भए । तर उनी दुनियाँलाई हैरान बनाउँदै आखिर कसरी बाँच्न सफल भए त्यो कहानी अझ रोचक रहेको छ ।

माइकल प्याकार्ड पेशाले लबस्टर गोताखोर हुन् । उनी विगत ४० बर्षदेखि यो काम गर्दै आएका छन् । माइकलले समुद्रबाट बिभिन्न प्रकारका जीवहरू समातेर बजारमा बेच्नका लागि पठाउने पनि गरेका छन् ।

उनी कसरी विशालकाय जिवको मुखबाट फुत्कन सफल भए भन्ने विषय अहिलेसम्मकै रोचक विषय हुनसक्छ । जानकारी अनुसार हरेक दिनजस्तै शुक्रबार बिहान माइकल हेरिङ्ग ‘कोभ बीच’ मा उपस्थित थिए ।

उनका अनुसार त्यस दिन समुद्रमा पौडी खेल्ने क्रममा ३५ फिटको गहिराईमा उनी पुगेका थिए । त्यस समयमा, उनलाई ह्वेल माछाले निल्यो । अचानक उनलाई पनि एक जोडदार झट्का लाग्यो ।

त्यसपछि, उनको आँखाको सामुन्ने अचानक सबै अँध्यारो भयो । व्हेलको मुखमा रहँदा जिउँदै भएका उनी हिड्न पनि सकिरहेका थिएनन् । अब मृत्युको सिवाय उनीसँगै कुनै उपाय थिएन् ।

त्यसपछि माइकलले आफुलाई शार्कले निलेको अनुमान गरिरहेका थिए । तर उनलाई चाँडै पत्ता लाग्यो कि उनी शार्कको मुखमा छैनन् । जब उनले माछाको दाँत नभएको कुरा जानकारी पाए त्यसपछि उनले आफु शार्कको मुखमा नभई अरु कुनै माछाको आहार बन्न लागेको कुरा पत्ता लगाए ।

उनलाई थाहा थियो कि उनी कुनै प्रकारले बाहिर निस्कन सक्दैनन् । त्यसकारण उनी निराश हुँदै आफ्नी श्रीमती र बच्चाहरूको बारेमा सोच्न थाले । तर सास रहुन्जेल उनी व्हेल माछाको मुखबाट बाहिर निस्कन कोसिस भने गरिरहेका थिए ।

आफ्नो चालका कारण ह्वेल माछाले टाउको हल्लाउन थालेको कुरा पनि उनलाई याद छ । त्यसपछि अचानक उनले उज्यालो देखे र त्यसको अर्को केही सेकेण्डमा उनी समुद्रमा फर्किए । वास्तवमा भएको के भने व्हेलले नै बान्ता गरेर उनलाई बाहिर निकाल्यो ।

त्यसरी ३० सेकेन्डसम्म ह्वेल माछाको मुखमा नै रहेका उनी जिउँदो भएर फर्कन पाए । त्यसपछि उनलाई तुरुन्तै माइकलको साथीहरुले योशियाह समुद्रबाट बाहिर निकालेर अस्पतालसम्म पुर्याए । यसरी उनले दोस्रो जीवन पाएका हुन् ।

सम्बन्धित खबरहरु