काठमाडौं । इजरायलको लिकुड पार्टीका नेता एवं इजरायलका पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहु हालै पदमुक्त भएका छन् ।

लगातार १२ वर्ष सत्तामा रहेका उनले त्यस भन्दा पहिले पनि केही वर्ष सरकार चलाउने अवसर पाएका थिए ।

उनले इजरायलमा १५ वर्ष जत्ति प्रधानमन्त्रीका रुपमा काम गर्ने अवसर पाए ।

तर दशक लामो सत्ता छोड्नु परेको पिडा उनीसँग छ ।

गत आइतबार इजरायलको संसदमा आफ्ना विपक्षीसँग एक मतान्तरले हार्दा उनको प्रधानमन्त्री पद गयो ।

उनी हाल संसदमा प्रतिपक्षी दलको नेता भएका छन् ।

आइतबार उनी झुक्केर प्रधानमन्त्रीकै कुर्सीमा बसेको एक भिडियो खुब भाइरल भइरहेको छ ।

प्रतिपक्षी दलको कुर्सीमा बस्नुपर्नेमा उनी सरासर गएर प्रधानमन्त्रीको कुर्सीमा बसेपछि यो विषय अहिले विश्वभर चर्चामा छन् ।

इजरायली सांसदहरुले आइतबार प्रधानमन्त्री नेतन्याहु विरुद्ध संसदमा मतदान गरेका थिए ।

प्रधानमन्त्री नेतन्याहुको बहिर्गमनका लागि विपक्षीहरुले विचारधारात्मक मत भिन्नतालाई थाँती राखेर नयाँ गठबन्धन निर्माण गरेका थिए ।

यो गठबन्धनको एकमात्र उद्देश्य देशमा विगत १२ वर्षदेखि एकछत्र शासन गरिरहेका नेतन्याहुलाई विस्थापित गर्नु मात्रै नभएर देशमा संसदीय चुनावको सिलसिला रोक्नु पनि रहेको थियो ।

विपक्षी गठबन्धनका नेता याइर लापिडको प्रस्तावमा नाफ्ताली बेनेट इजरायलको नयाँ प्रधानमन्त्री बनेका छन् । पूर्व रक्षामन्त्री रहेका बेनेट पहिलो दुई वर्षका लागि प्रधानमन्त्री बन्नेछन् ।

गठबन्धन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने येस अटिड पार्टीका नेता लापिड बाँकी दुई वर्ष प्रधानमन्त्री बन्नेछन् ।

नेतन्याहुको विपक्षमा निर्माण भएको गठबन्धनमा तीनवटा दक्षिणपन्थी, दुई मध्यमार्गी र दुईवटा वामपन्थी पार्टीहरूका साथै अरब इस्लामिक पार्टी समावेश छन् ।

सम्बन्धित खबरहरु