काठमाडौं । अवतरणका क्रममा एक विमानको टायर फुटेको छ ।

भारतको कण्णूरबाट कर्नाटक जाँदै गरेको इन्डिगो उडानमा सवार सबै यात्रुहरू तनावमा आएका थिए ।

उनीहरु ठुलो संकटबाट बच्न सफल पनि भएका हुन् ।

वास्तवमा भएको के भने सोमबार साँझ कर्नाटकको हुबली विमानस्थलमा अवतरण गर्दा विमानको टायर फुट्यो ।

यद्यपि सवार सबै यात्रुहरू र चालक दलका सदस्यहरू सुरक्षित छन् । कम्पनीका अनुसार अहिले विमानको मर्मतसम्भारको कार्य भइरहेको छ ।

इन्डिगोको ६इ–७९७९ विमान कन्नूरबाट हुबली जाँदै थियो । घटना सोमबार बेलुका अवतरणको क्रममा भएको हो । सबै यात्रीहरू सुरक्षित छन् ।

विमान कम्पनीले मंगलबार एक विज्ञप्ति जारी गरेर यसबारे जानकारी गराएको हो । आखिर पाङ्ग्राको टायर कसरी फुट्यो भन्ने विषयमा पनि अनुसन्धान सुरु भएको छ ।

सम्बन्धित खबरहरु