काठमाडौ । साँझपरेपछि बजार बगरमा परिणत भएको छ । त्यहाँ रहेको शसस्त्र प्रहरीको ब्यारेक बगाएको खबर आएको छ ।

कयौँ स्थानीय बेपत्ता भएको आशंका गरिएको छ ।

यो विपद सिन्धुपाल्चोकको हेलम्बु बजारमा भएको हो ।

त्यहाँ भीषण बाढी पसेको छ । बाढीका कारण तिम्बुमा शसस्त्र प्रहरीको ब्यारेक बगाएको छ । यस्तै तिम्बु बजार बगरमा परिणत भएको भने केही स्थानीय बेपत्ता भएको स्थानीय पत्रकार केशव राज पौडेलले जनाएका छन् ।

त्यहाँ अहिले नजिक रहेका स्थानीय र नजिकको प्रहरी उद्धारका लागि खटेको छ । रात परिसकेकाले हेलिकोप्टर पठाउन सकिएको छैन ।

गृहमन्त्रालयले उद्धारका लागि समन्वय गरिरहेको बुझिएको छ । अहिले देशभरी बाढीको त्रास बढेको छ ।

तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण देशभरीका नदीको वहाब बढेको छ । बाढीले ठूलो जनधनको क्षति गरिरहेकाले देशभरी सर्तक रहन गृह मन्त्रालयले आकस्मिक सूचना जारी गरेको छ ।

केही अघि साँझ पर्न लागेको बेला यस्तो थियो । अहिले भिडियो खिच्न सक्ने अवस्था छैन ।

सम्बन्धित खबरहरु