काठमाडौ । हामीले केही तस्बिरहरु राखेका छौ । यी १० तस्बिरमा हेर्नुहोस् नेपाली सेनाले आफ्नै ज्यान जोखिममा राखेर हज्जारौ बचाएको छ । बाढी पहिरोको दौरान खोज तथा उद्धार कार्यमा नेपाली सेना अहिलेपनि खटिरहेको छ ।

बिगत केही दिनदेखि परिरहेको अविरल वर्षाको कारण देशका विभिन्‍न स्थानहरुमा बाढी पहिरो र डुबानहरुबाट प्रभावित विभिन्‍न जिल्लाका स्थानहरुमा नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी तपशिलमा उल्लेखित स्थानहरुमा खोज तथा उद्वारका कार्यहरु संचालन भइरहेको छ ।

काभ्रेपलाञ्‍चोक जिल्लामा तैनाथ सुरक्षा पोष्ट अम्बाथानबाट खट्टिएको टोलीले १ जना नेपाली र ३ जना चाईनिज नागरिक गरी ४ जनाको उद्धार गरेको छ । गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–२, स्थित स्थानिय १ जनाको घरमा पहिरोले क्षति पुर्‍याएकोले खोज तथा उद्धार कार्यमा सहयोग गरेको छ ।

कास्की जिल्लाको मादी गाउँपालिका–२ मा निर्माणाधिन सुपरमादी जलविद्युत आयोजनाको कलबन्दीमा सुरुङ्ग निर्माण कार्य भईरहेको अवस्थामा अलपत्र परेका १६० जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउन सहयोग गरेको छ ।

यसैगरी मेलम्चीमा बाढि पहिरो प्रभावित स्थानीयहरुलाई विभिन्‍न संघ संस्थाहरुबाट प्राप्त राहत सामग्रीहरु नेपाली सेनाको हेलिकप्टरद्वारा ३ सटलमा काठमाण्डौंबाट मेलम्चीसम्म ढुवानी गर्न, स्थानीयहरुलाई राहत वितरण गर्न साथै वासस्थान निर्माण गर्न सहयोग गरेको छ ।

मनाङ्ग जिल्लाको चामे स्थित सिरनताल ईलाकाबाट २४ जना तथा थोंचे ईलाकाबाट ११ जना गरी जम्मा ३५ जना बाढी–पहिरोबाट प्रभावितहरुलाई एमआई १७ हेलिकप्टरद्वारा सुरक्षित स्थानमा पुर्‍याइएको छ ।

म्याग्दी जिल्लाको मंगला गाउँपालिका–४ निवासी बर्ष ६० की भिमकला बुढा मगर पहिरोमा पुरिई सिकिस्त घाईते भएकोले थप उपचारको लागि हेलिकप्टरद्वारा पोखरा पुर्‍याइएको छ ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची बजारमा बाढीको कारण भत्किएका–पुरिएका ११ वटा घरहरुबाट सामानहरु निकाली सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग गरिएको छ ।

सल्यान जिल्लाको शारदा नगरपालिका–६ बरला स्थित शारदा खोलाको बहाब एक्‍कासी बढेकोले खेतमा काम गरिरहेका किसानहरु फसेको हुंदा खोला पार गर्न सहयोग गरेको छ ।

मुस्ताङ जिल्लाको घबरजंग गाउँपालिका–५ र गुल्मी जिल्लाको रेसुङ्गा नगरपालिका–२ का स्थानियहरुको घरमा पहिरोले क्षति पुर्‍याएकोले उद्धार कार्य गरेको छ ।

सम्बन्धित खबरहरु