काठमाडौ । काठमाडौं, नागार्जुन नगरपालिका-१ रानिवनस्थित मानव सेवा आश्रममा बस्दै आएका एकिन नाम, थर, वतन नखुलेका मकवानपुर हेटौंडा घर बताउने २८ वर्षीय मदन श्रेष्‍ठ नाम गरेका पुरुष ओछ्‍यानमा सुतेकै ठाउँमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका नगर वनस्थित नारायणी नदीको बिच टाँपुमा नदीले बगाई ल्याएको अवस्थामा हाल नाम, थर, वतन नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छन्।

रुपन्देही, सम्मरीमाई गाउँपालिका-३ पिप्रहवा अज्मघाटस्थित तिनाउ खोला किनारमा हाल नाम, थर ,वतन नखुलेकी करिब ४० वर्षीया महिला मृत अवस्थामा बिहीबार फेला परेको छ ।

नवलपरासी (वर्दघाट सुस्ता पूर्व), गैँडाकोट नगरपालिका-७ स्थित नारायाणी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेकी करिब ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।

काठमाडौं, काठमाडौं महानगरपालिका-२५ ज्याठा डेरा गरी बस्ने हाल वास्तविक नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय गोपाल सिंह नाम गरेका व्यक्ति आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सुर्खेत, सिम्ता गाउँपालिका-८ बस्ने ३८ वर्षीया पम्फा राना सोही ठाउँस्थित सामुदायिक वनमा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । दाउरा लिन गएकी उनी साँझसम्म घर नफर्किए पश्चात आफन्तहरुले खोजतलास गर्ने क्रममा उक्त स्थानमा उनको लाश फेला परेको हो ।

बारा, बिश्रामपुर गाउँपालिका-२ बैरेनिया बजारस्थित बाँसघारी नजिकै सोही गाउँपालिका-२ भरवलिया बस्ने २५ वर्षीय भादो बैठा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

चितवन, भरतपुर महानगरपालिका-१ ठिमुरास्थित नारायणी नदीको किनारमा हाल नाम,थर, बतन नखुलेका अन्दाजी ८० वर्षीया महिला मृत अवस्था फेला परेकी छन् ।

रामेछाप, खाँडादेवी गाउँपालिका-४ पुछिघाटस्थित सुनकोसी नदीको किनारमा हाल हाल नाम,थर, नखुलेका अन्दाजी ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

सिन्धुली, सुनकोशी गाउँपालिका-७ कानढुंग्रीस्थित सुनकोशी नदी किनारमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३० वर्षीय पुरुष र फिक्कल गाउँपालिका-६ रत्नावतीस्थित सुनकोशी नदीको किनारमा हाल नाम,थर,वतन नखुलेकी महिला बुधबार मृत अवस्थामा फेला परेका छन् ।

यता बर्दिया, बारबर्दिया नगरपालिका-४ बस्ने महेश थारुको छोरा १६ वर्षीय उत्तम थारु मृत अवस्थामा फेला परेका छन् । घरबाट करिब ५ सय मिटर टाढा पानीको कुलोमा डुबेर बिहीबार मृत्यु भएको छ । बुधबार घरबाट भैँसी चराउन गएकोमा घर फर्कि नआएपछि खोजी गर्नेक्रममा उक्त कुलोमा उनको लाश फेला परेको हो ।

झापा, गौरादह नगरपालिका-९ बस्ने ५२ वर्षीय दिल बहादुर गिरीपनि मृत अवस्थामा फेला परेका छन् । उनी आफ्नै घर नजिक नहरमा डुबेर बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

उता सोलुखुम्बुको लिखुपिके गाउँपालिका-२ खिमदेबु बस्ने ६२ वर्षीय भैरव कुमार बस्नेत मृत फेला परेका छन् । उनी घर नजिकैको भीरबाट लडेर मृत अवस्थामा फेला परेको हो । घाँस जम्मा गर्ने क्रममा उक्त भिरबाट करिब १५ मिटर तल खसेर उनको मृत्यु भएको थाहा हुन आएको छ ।

यसैगरी नवलपरासी (पूर्व) को बिनयीत्रिबेणी गाउँपालिका-७ स्थित छतिया खोला नजिकै कलभर्टमा एकजना मृत फेला परेका छन् । छेउमा जमेको पानीमा डुबेर सोही ठाउँ बस्ने बिनोद थापाको छोरा १० वर्षीय रिजन थापाको बुधबार दिउँसो मृत्यु भएको हो ।

 

सम्बन्धित खबरहरु