एजेन्सी । यूईएफए नेसन्स लिग (युरो कप) फुटबलमा डेनमार्कलाई हराउँदै बेल्जियम शीर्ष स्थानमा रहेको छ । बेल्जियमले घरेलु मैदानमा डेनमार्कलाई २–१ गोलले हरायो ।

घरेलु मैदानमा बेल्जियम जित निकाल्दै सेमिफाइनलमा पुगेको छ । लिग ए समूह बी को बेल्जियम ६ खेल खेल्दै शीर्ष स्थानमा छ ।

समूहको शीर्ष स्थानमा रहेको बेल्जियमलाई बराबरीले समेत अर्को चरणको यात्रा तय गराउने थियो । तर विजय नै हात पार्यो ।

यता, सेमिफाइनलमा पुग्न डेनमार्कलाई जितको विकल्प थिएन । त्यसैले डेनमार्क बेल्जियमलाई हराउने योजनामा थियो । तर खेलमा डेनमार्क चुक्यो ।

डेनमार्क ५ खेलमा १० अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस समूहको अर्को खेलमा इंग्ल्यान्डले आइसल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ । ७ अंक जोडेको इंग्ल्यान्ड तेस्रो र अंक विहीन आइसल्याण्ड पुछारमा रहेको छ ।

सम्बन्धित खबरहरु