काठमाडौं । बैंकर्स संघले असार ७ गतेदेखि बैंकहरुका सबै शाखामा कारोबार खुला गर्ने जनाएको छ ।

कोरोना महामारीका कारण हाल बैंकहरुले सीमित शाखाबाट आलोपालोमा मात्र सेवा दिइरहेका छन् ।

यहीबीच , सरकारले असार ७ गतेदेखि निषेधाज्ञालाई खुकुलो पार्ने जनाएसँगै संघले बैंकका सबै शाखाको सेवा पूर्ण रुपमा सञ्चालन गर्ने निर्णय गरेको हो ।


। त्यसैगरी निक्षेप झिक्ने र राख्ने सेवा मात्र सञ्चालनमा छ भने शाखा पनि २ बजेसम्म मात्र सञ्चालनमा छन् ।

अब ५० हजारभन्दा कमको निक्षेप पनि स्वीकार गरिने भएको छ । यसअघि बैकमा भीडभाड बढेको भन्दै राष्ट्र बैंकको सहमतिमा ५० हजारभन्दा कमको निक्षेप नलिने बैंकर्स संघले निर्णय गरेको थियो ।

पाँच दिनदेखि हवाई सेवा अवरुद्ध
अन्तर जिल्ला जोड्ने एक मात्रै हवाई सेवा पाँच दिनदेखि अवरुद्ध बनेको छ । देशभरसहित हुम्लामा लगातार परेको वर्षाका कारण हवाई उडान हुन नसकेको हो ।

निषेधाज्ञाको समयमा पनि नेपालगञ्ज सुर्खेतबाट नियमित उडान भर्दै आएका निजी हवाई उडान खराब मौसमका कारण अवरुद्ध बनेका छन् । नेपालमा भित्रिएको मनसुनका कारण जिल्लामा लगातार भएको वर्षाले हवाई उडानअवरुद्ध भएको सिमकोट विमानस्थलले जानकारी गराएको छ ।

हवाई उाडनअवरुद्ध हुँदा जिल्ला बाहिरबाट ढुवानी हुँदै आएको सामग्रीसमेत ठप्प भएको छ ।

नेपालगञ्ज सुर्खेतबाट खाद्य व्यवस्था तथा व्यापर कम्पनी लिमिटेडको खाद्यान्न ढुवानी, विकास निर्माणका सामग्री, सिमकोटमा भित्रिने दैनिक उपभोग्य वस्तु हवाई सेवाअवरुद्ध हुँदा ठप्प भएको छ । दैनिक उपभोग्य वस्तुको ढुवानी नहुँदा सिमकोटमा समस्या हुने देखिएको छ । नेपालगञ्ज, सुर्खेतबाट सीता, समिट, तारा एयरले उडान भर्दै आएका छन् ।

सम्बन्धित खबरहरु