काठमाडौं । फेसबुकमा भएको मित्रताले एक महिलाको जीवन बर्बाद भएको छ ।

फेसबुकमा भएको चिनजानका आधारमा केही समय सँगै बसेर ग'र्भ बो'कीकी एक महिलाको पीडादायक कहानी बाहिर आएको हो ।

फेसबुकमा परिचय भयो, केही समय सँगै बसे त्यसपछि युवती ग'र्भव'ती भइन् अनी अहिले प्रेमीले धोका दिए ।

विवाह नगरेकी आमाले आफ्नो छोराको बुबाको खोजीमा आफ्नो प्रेमीकहाँ पुग्न हजारौं किलोमिटर यात्रा गरिन् ।

तर त्यहाँ उनले आफ्नो प्रेमीको वास्तविकता पत्ता लगाएपछि रुखबाट खसेजस्तै भइन् । आफ्नो श्रीमान मानेका ती व्यक्ति विवाहित मात्रै नभएर साथमा बच्चाका बाबु पनि रहेछन् ।

ती महिला अहिले प्रहरी र एक संरक्षण केन्द्रको आश्रयमा छिन् । उनी आफ्नो लागि न्याय को खोजीमा छिन् । फेसबुकबाट सुरु भएको मित्रताको घटना उत्तर प्रदेश, अजीमनगर प्रहरी चौकी क्षेत्रमा रहेको ढोकपुरी टान्डाको हो ।

गाउँका युवा तक्मिल अहमदले चण्डीगढमा बारवारको रुपमा काम गर्थे । डेढ वर्षअघि उनी फेसबुकमा आसामकी एक युवतीसँग साथी बने । अहमदको विवाह भइसकेको थियो तर उनले आफ्नो विवाहबारे भने बताएनन् ।

त्यसरी प्रेम बढ्दै गएपछि फेसबुकमा मात्रै सिमित रहने कुरा भएन् । उनीहरु दुई जना सँगै बस्न थाले र सँगै मर्ने वाचा कसम पनि खाइरहेका थिए । ती युवती आफ्नो घर आसाम छोडेर युवासँगै घरबार बसाल्छु भनेर चण्डीगढ आइन् ।

ती दुई जनाले लामो समयसम्म कोठा भाडमा लिएर सँगै बसे । जब ती युवती ग'र्भव'ती भइन्, ती युवाले उनलाई छोडेर आफ्नो गाउँतिर भागे । केही दिनपछि ती महिला पनि आसामको आफ्नो घर फर्किइन् ।

घरमा रहँदा ती युवतीले भाडामा बस्दा गरेको मेहनतको फलका रुपमा एउटा छोरो जन्माइन् । तीन महिनाअघि छोराको बाबुको खोजीमा ती युवती आफ्नो घरबाट निस्किएकी थिइन् । उनले आफ्नो निर्दोष बच्चालाई लिएर हरेक ठाउँमा ठक्कर मात्रै खानुपर्यो ।

ति महिलाले रामपुर आएर एक बिसौनी केन्द्रसँग सहयोग मागिन् । केही महत्त्वपूर्ण सुराकहरू पाएपछि उक्त केन्द्रको टोलीले ति युवतीलाई अजीमनगर प्रहरी चौकीमा लग्यो । प्रहरीको सहयोगमा नजिकैको गाउँमा ती युवाको फोटो देखार चिन्नुहुन्छ वा देख्नुभयो भनेर सोधपुछ गरियो ।

प्रहरीले उक्त युवकबारे सबै कुरा पत्ता लगाएपछि उनको घरमै पुगेर नियन्त्रणमा लियो । ती युवती रुन थालेपछि ती युवकले उनलाई घरमा दोस्रो पत्नीका रुपमा राख्न राजी भए ।

तर, घरमा युवककी जेठी श्रीमतीले त्यसको अनुमति दिन सम्भव थिएन् । हाल बिसौनी केन्द्रबाट आएको टोलीले युवक, युवती र श्रीमतीलाई लिएर रामपुर पुगेको छ ।

जिल्ला परीक्षण अधिकारी पल्लवी सिंहले युवक र युवतीबीच छलफल भइरहेको बताइन् । युवतीको बच्चाको स्वास्थ्य अवस्था खराब छ । उसको उपचार पनि भइरहेको छ । हाल, ती महिलालाई राख्न युवा सहमत भएका छन् । जेठी श्रीमतीलाई मानिसहरुले परामर्श दिइरहेका छन् ।

 

सम्बन्धित खबरहरु