काठमाडौ । सप्तरी, डाक्नेशवरी नगरपालिका-३ हटैल बस्ने राम उदगार यादवको छोरी ९ वर्षीया शिवानी कुमारी यादव शुक्रबार मृत अवस्थामा फेला परेकी छन् ।

घरबाट घाँ’स का’ट्न जा’न्छु भ’नि निस्केकी उनी सोही ठाउँ बस्ने शिवनाथ यादवको आँपको बगैंचामा घाँ’टी रे’टिए’को अवस्थामा उनको श’व फे’ला परेको हो ।

जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी उपरीक्षक समेतको टोली खटि गई अनुसन्धान गरिरहेको छ ।

झापा, हल्दिबारी गाउँपालिका-४ चौकीबिरान बस्ने ५० वर्षीया माया प्रधान आफ्नै घरको बरण्डामा रहेको खाटमा सुतिरहेको अवस्थामा शुक्रबार मृ’त फे’ला पारेकी छन् ।

पाल्पा, तिनाउ गाउँपालिका-२ पावर हाउस नजिकै ड्याममा तिनाउ खोलामा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु