काठमाडौ । यूरोपमा आयोजना भईरहेको १६ औं संस्करणको यूरो कप फुटबलमा विश्व उपविजेता क्रोएसिया चेक रिपब्लिकसँग बराबरीमा रोकिएको छ छ ।

आज भएको खेलमा क्रोएसिया र चेक रिपब्लिकले १–१ गोलको बराबरी खेलेर अंक बाँडेका हुन् ।

पहिलो हाफको ३७ औ मिनेटमा चेक रिपब्लिकका पैट्रिक स्किकले गोल गरेर टीमलाई अग्रता दिलाएका थिए ।

खेलको दोस्रो हाफको सुरुवात ४७ औ मिनेटमा नै क्रोएसियाका इवान पेरिसिकले गोल फर्काए र टीमलाई बराबरीमा समेटे ।

समूह डी मा रहेको क्रोएसिया पहिलो जित निकाल्ने योजनामा थियो । तर सफल भएन ।

क्रोएसिया सन् २०१८ को विश्वकपको विश्व उपविजेता हो । पहिलो हाफमा नै १ गोल गरेर अग्रता लिएको चेक रिपब्लिकले आफूलाई सम्हाल्न सकेन । यसैले अंक बाँड्यो ।

क्रोएसियाले अर्जेण्टिना, डेनमार्क, रसिया, इङ्ल्याण्ड, आइसल्याण्ड जस्ता टिमलाई हराउँदा विश्वकपमा फाइनलमा पुर्याएको थियो । फ्रान्ससँग विश्वकप हार्यो र उपविजेतामा चित्त बुझायो ।

पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । क्रोएसिया समूहको तेस्रो स्थानमा रहेको छ ।

चेक रिपब्लिक भने लगातार दोस्रो जीत निकाल्न चाहन्छ । पहिलो खेलमा चेक रिपब्लिकले स्कटल्याण्डलाई २–० ले हराएको थियो ।

चेक रिपब्लिक ३ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । आज भइरहेको तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

इंग्ल्यान्ड र स्कटल्याण्डबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । समूह डी को इंग्ल्यान्ड लगातार दोस्रो जीत निकाल्ने योजनामा रहेको छ ।

इंग्ल्यान्ड ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई हराएको थियो । स्कटल्याण्ड भने पहिलो जीत निकाल्ने योजनामा हुनेछ ।

पहिलो खेलमा स्कटल्याण्ड चेक रिपब्लिकसँग स्तब्ध भएको थियो । अंक विहीन स्कटल्याण्ड पुछारमा रहेको छ ।

केही समय अघि सकिएको खेलमा स्लोभाकियामाथी स्वीडेनले शानदार विजय हासिल गरेको छ । एमिल फोसवर्गले गरेको एक मात्र पेनाल्टी गोल मद्दतमा स्वीडेनले युरोकप २०२० को समूह इ को खेलमा स्लोभाकियालाई १–० ले पराजित गरेको हो ।

रुसको सेन्ट पिटर्सवर्गसमा शुक्रबार भएको खेलमा फोसवर्गले दोस्रो हाफमा गोल गरे । खेलको ७७औं मिनेटमा स्वीडेनका लागि फोसवर्गले पेनाल्टीमा गोल गरे ।

स्लोभाकियाका गोलकिपर मार्टिन डुभ्राभ्काले रोविन कवाइसनलाई फउल गरेपछि स्वीडेनले पेनाल्टी पाएको थियो । जसमा फोसवर्गले गोल गरे ।

पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको स्वीठेनले सलोभाकियालाई हराएपछि २ अलबाट ४ अंक जोडेको छ र शीर्ष स्थानमा उक्लेको छ ।

उता पहिलो खेलमा पोल्याण्डलाई पराजित गरेको स्लोभाकिया भने हारपछि २ खेलबाट ३ अंकसहित दोस्रो स्थानमा छ ।

सम्बन्धित खबरहरु