प्राइम कर्मसियलको नेतृत्व सभाषद् श्रेष्ठको पोल्टामाप्राइम कर्मसियल बैंकको सञ्चालक समितिको वुधवार बसेको बैठकले वैंकको संस्थापक शेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक उमेश श्रेष्ठलाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको बैंकले जनाएको छ ।

हालै सम्पन्न बैंङ्कको सातौ वार्षिक साधरणसभाबाट नयाँ सञ्चालक समितिमा संस्थापक समूहबाट राजेन्द्रदास श्रेष्ठ,नरेन्द्र वज्राचार्य,श्यामबहादुर श्रेष्ठ र उमेश श्रेष्ठलाई चयन गरेको थियो । त्यस्तै साधरण शेयरधनी समूहबाट उतमनारायण श्रेष्ठ र उदयमोहन श्रेष्ठ निर्विरोध चयन गरेको थियो ।

बैंकमा श्रेष्ठको सबैभन्दा धेरै ४.३७ प्रतिशत अर्थात ११ करोड ५२ लाख १९ हजार बरावरकोृ शेयर रहेको छ ।  बैंकले आफ्ना शेयरधनीलाई १९ प्रतिशत वोनस र १ प्रतिशत नगद लाभासं दिने निर्णय समेत साधारण सभाले गरेको थियो ।

यस अगाडिका बैंकको सञ्चालक समितिका अध्यक्षमा राजेन्द्र दास श्रेष्ठ रहेका थिए । उनी मनोनित २६ सभाषद् मध्यका एक हुन । नेपाली काग्रेसको कोटाबाट श्रेष्ठ केही महिना अगाडि मात्रै मनोनयनमा परेका थिए ।

सम्बन्धित खबरहरु