काठमाडौ । राजधानी काठमाडौ रहेको उपत्यकासँग जोडिएको जिल्ला काभ्रेमा आमा र छोरा मृत अवस्थामा फेला परेका छन्।

बनेपा नगरपालिका वडा नम्बर ११ सिनागालमा आमा र छोरा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।

पाँचखाल नगरपालिका वडा नम्बर ६ घर भई बनेपास्थित एक घरमा डेरा गरी बसिरहेका ३० वर्षीया मनिषा कार्की र ६ वर्षीय छोरा युवान घिमिरे मृत अवस्थामा फेला परेका हुन्।

आमा–छोरा मृत फेला परेको भन्ने खबरपछि प्रहरीले मृतकको श्रीमानलाई पक्राउ गरेको डिएसपी खतिवडाले बताए।

३३ वर्षीय श्रीमान् माधवप्रसाद घिमिरे प्रहरीको नियन्त्रणमा छन्। उनलाई प्रहरीले अन्यत्रबाटै पक्राउ गरेको प्रहरीले बताएको छ। अहिले उनी शिर मेमोरियल अस्पतालमा छन्।

‘मृतकहरूले वि’ष खा’एको भनेका छन्। श्रीमान आफैंले प’नि वि’ष’ खा’एको भनेको भएर अहिले अस्पतालमा राखिएको छ,’ डिएसपी खतिवडाले भने, ‘ट्या’ब्ले’टहरू भे’टिएको, बा’न्ता ग’रेको हेर्दा वि’ष खा’एको’ हो की भन्ने लागेको छ। हामी यसमा थप बुझ्दैछौं।’

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको छ। पो’ष्टमा’र्टम’को ला’गि मृ’तक दु’बैको श’व धु’लिखेल अस्पतालमा राखिएको छ। उनीहरुले किन य’सरी वि’ष खा’ए भ’न्ने अनु’शन्धान भइरहेको छ ।

सम्बन्धित खबरहरु