काठमाडौ । कोपा अमेरिका फुटबलमा उरुग्वेमाथी अर्जेन्टिनाले सनशनीपूर्ण जित निकालेको छ ।

कोपा अमेरिका फुटबलमा समूह ए का अर्जेन्टिना र उरुग्वेबीच बिहान भएको खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हरायो ।

खेलको १३ मिनेटमा नै अर्जेन्टिनाका गुइडो रोड्रिग्जले गोल गरे । उक्त गोललाई कुनै बेलाको विश्वविजेता उरुग्वेले फर्काउन सकेन ।

खेलमा अर्जेन्टिनाले एक गोलपछि रक्षात्मक खेल खेल्यो र उपलब्धीलाई बचाइ राख्यो ।

पहिलो खेलमा चिलीसँग १–१ गोलको बराबरीमा रोकिएको अर्जेन्टिनाले उरुग्वेलाई हराउँदै समूहमा पहिलो जित सुनिश्चित गर्यो । उरुग्वे पनि आज विजयी सुरुवात गर्न चाहान्थ्यो तर सम्भव भएन ।

समूह ए मा चिली अङ्क आधारमा शीर्ष स्थानमा छ भने पाराग्वे तीन अङ्कका साथ दोस्रो स्थानमा छ ।

यस्तै, एक अङ्क जोडेको अर्जेन्टिना तेस्रो स्थानमा छ । एक खेल पनि नजितेको उरुग्वे पुछारभन्दा माथि र बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ ।

यता कोपा अमेरिका फुटबलमा चिलीले पहिलो जित निकालेको छ । बिहान भएको खेलमा चिलीले बोलिभियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जितसँगै चिली समूह ए को शीर्ष स्थानमा छ । चिलीले चार अङ्क जोडेको छ भने दुई खेलमा दुवैमा हार ब्यहोरेको बोलिभिया अङ्कविहीन हुँदै पुछारमा छ ।

 

सम्बन्धित खबरहरु