काठमाडौं । गत शुक्रबार जनबोलीमा ‘फेसबुकको चिनजानले ‘लिभ इन रिलेशन’मा बसेपछि खुलेको सत्यले युवतीलाई बर्बाद बनायो’ शिर्षकमा एक समाचार प्रकाशन भएको थियो ।

त्यस घटनामा थप अपेडेट आइपुगेको छ ।

‘दुई जोईको पोई कुना बसि रोई’ । यस्तै एक घटना बाहिर आएको छ ।

फेसबुकमार्फत परेको प्रेमलाई लिभ इन रिलेशनमा बदल्दै बच्चा जन्माएकी एक महिलालाई न्याय मिलेको छ ।

उनले आफ्नो बच्चाको बुबाको अधिकार पाउन सफल भएकी हुन् । प्रेमीको खोजीमा रामपुर पुगेकी युवतीले ति पुरुषसँग विवाह गरेकी हुन् ।

तर उनका प्रेमी विवाहित थिए । लामो हंगामा भएपछि ति महिलाकी पहिलो पत्नी पनि पतिको दोस्रो विवाहलाई लिएर सहमत भइन् ।

प्रेमिकासँग विवाह गरेपछि पञ्चायतले पतिलाई दुई श्रीमतीबीच भाग लगाएको छ । बाँडफाँडको क्रममा दुबै महिला र युवकका आमा बुबा सबैको ख्याल गरिएको छ ।

यो घटना उत्तर प्रदेशको रामपुर जिल्लाको अजीमनगर थाना क्षेत्रमा देखिएको हो । त्यहाँको दौकपुरी टान्डा गाउँमा यस्तो घटना देखा परेको थियो । सोही गाउँमा बस्ने तक्मिल अहमद चन्डीगढमा क'पाल का'ट्ने का'म गर्थे ।

फेसबुकमा उनको चिनजान आसामकी एक युवतीसँग भयो । त्यसपछि उनीहरुको प्रेम बढ्दै गयो र विवाहसम्म पुग्यो । युवकले विवाह गर्छु भनेपछि ति युवती आसाम छोडेर युवक भएकै ठाउँ पुगिन् ।

कोठा भाडमा लिएर उनीहरु लामो समय लिभ इन रिलेशनमा बसेको बताइन्छ । त्यस क्रममा ति युवती ग'र्भव'ती भइन्, तर अब युवक विवाह गर्न तयार थिएनन् । त्यसपछि उनी त्यहाँबाटे भोर रामपुर आफ्नो गाउँ टान्डा पुगे । अर्कोतिर युवतीलाई पनि आफ्नो घर आसामतर्फ लागिन् ।

सुरुमा ति युवकलले आफ्नो विवाहबारे झुट बोलेको बताइएको छ । तीन महिनासम्म सँगै बसेपछि युवक युवतीलाई एक्लै कोठामा छोडेर आफ्नो गाउँ गएका थिए ।

ति युवतीले एक महीनासम्म त्यस युवकसँग कुरा गरिनन् । त्यसपछि उनी फेरि आसाम गइन् । जानकारी अनुसार उनी आफ्नो घरमा गइनन्, भाडामा बस्न थालिन् । ६ महिनापछि, उनले बच्चा जन्माईन् । कोठा भाडमा बस्दा बच्चा जन्माउनुपर्ने बाध्यता भएपछि उनलाई धेरै समस्या भयो ।

उनले स्वास्थ्यसँगै अन्य धेरै अफट्याराहरुको सामना गर्नुपर्यो । अविवाहित आमा भएपछि उनले आफ्ना प्रेमी खोज्न थालिन् । जब बच्चा ३ महिनाको भयो, उनी आफ्नो बच्चाको बुबालाई भेट्ने संकल्पले त्यहाँबाट निक्लिइन् । छोराको बाबु खोज्दा उनले धेरै महिनासम्म ठ'क्कर खा'नुपर्यो ।

लामो प्रयासपछि उनी रामपुर आइपुगेकी हुन् । महिला आयोग र प्रहरीको सहयोगमा ति युवती आरोपी युवकसम्म पुगिन् । रामपुरमा रहेको एक बिसौनी केन्द्रमा बसेकी उनले केन्द्रका मानिसहरुको सहयोगमा यो सबै गर्न सफल भएकी हुन् ।

बिसौनी केन्द्रका मानिसहरुले उनलाई प्रहरीकहाँ लगेका थिए । युवतीलाई दुख्ने वित्तिकै अहमद विवाहका लागि तयार भैसकेका थिए । तर उनकी पहिलो श्रीमतीले नमानेपछि कुरा बिग्रेको थियो ।

तर उनलाई राम्रोसँग सम्झाएपछि सहमति भयो । यसरी अविवाहित बच्चाकी आमाले आफ्नो श्रीमान पाइन् । गाउँका पूर्व प्रधान मुरारीलालले दुबै पत्नीहरूबीच सहमति भएपछि विवाह भइसकेको जानकारी दिएका छन् ।

पञ्चायतले युवकका लागि दिन बाँड्यो
अविवाहित बच्चाकी आमा विवाहपछि आफ्नो पतिको घरमा आईन् । तर पहिलो श्रीमतीबीच कुनै प्रकारको विवाद हुनु हुँदैन भनेर पञ्चले दुई पत्नीहरू बीच दिन विभाजन गरेको छ ।

सम्झौता अनुसार ति युवक पहिलो पत्नीसँग सोमबार मंगलबार र बुधबार बस्नुपर्छ । दोस्रो पत्नीसँग बिहीबार, शुक्रवार र शनिबार बस्नुपर्छ । बाँकी एक दिन आइतवार उनले आफ्ना बाबुआमाको सेवा गर्नुपर्ने भएको छ । यसरी उनीहरुको विवाद मिलाइएको हो ।

पहिलो पत्नी मेसेन्जर, दोस्रो फेसबुक
ति युवकको पहिलो विवाह ३ बर्ष पहिला भएको थियो । उनले बेङ्गलोरमा पहिलो विवाह गरेका थिए । बेङ्गलोरमा काम गर्दा, उनले मेसेन्जरमार्फत रुद्रपुरकी एउटी केटीसँग मित्रता गाँसे ।

जब कुरा बढ्दै गयो, ती युवती रुद्रपुरबाट बेङ्गलोर पुगिन् । केही सम्मानित मानिसहरूले उनको विवाह गर्दिएका थिए । माथि उल्लेख गरिएजस्तै आसामकी केटीसँग फेसबुकमार्फत मित्रता भएपछि श्रीमतीसम्म बनाए ।

गाउँमा युवकको तेस्रो पत्नीको पनि चर्चा
गाउँलेका अनुसार युवतीको तेस्रो पत्नी हल्द्वानीमा बस्छिन् । जुन दिन तेस्रो पत्नीले उक्त युवकको वास्तविकता थाहा पाउँछिन्, उनी पनि दौकपुरी टान्डामा पुग्नछिन् । अहिलेको लागि कुरा हुँदैछ, यदी उनी पनि दोस्रो युवती जसरी आइन भने पत्याउन सजिलो हुनेछ ।

तेस्रो श्रीमतीबारे त्यहाँको एक बिसौनी केन्द्रका प्रबन्धक चन्द बीले भने, ‘परामर्शपछि दुबै पक्षले सहमति गरेका छन । त्यो युवक र महिलाले बिहे गरेका छन । दुबै पत्नीहरूलाई दिन विभाजित गरेका थिए, मलाई यसको बारेमा धेरै थाहा छैन ।’ यो घटनाले सबैलाई हैरान पारेको छ ।

https://www.janaboli.com/post/341923

 

सम्बन्धित खबरहरु