काठमाडौं । हामी कथाको हैन । यो युगको नै सबैभन्दा चमत्कारीक सत्य बताउन जाँदैछौ ।

तस्बिरमा देखिएका यी बाख्राका बड्कौँलाको मुल्य हीरा भन्दा अमुल्य, जान्नुहोस् सबै चकित हुने सत्य ।

तर त्यो भन्दा पहिले यो सत्यसँग नै जोडिएको आउनुहोस् कक्षा ४ को नेपाली किताबलाई याद गरौं ।

उक्त किताबको पेज नम्बर ६१ मा आफूलाई लिएर जानुहोस् । ‘बजा लौरी डाङडुङ’ भन्ने कथा सायद बिर्सनु भएको छैन । यदी बिर्सनु भएको हो भने सुन बड्कौली बाख्रा त याद गर्नुभएको होला ।

कथाको सुरुवात नै दिलबहादुर आफ्नो झुपडीमा रमाएर बसेको थियो भन्नेबाट सुरु हुन्छ । त्यसमा खीरपाक ताउलीको पनि कुरा गरिएको छ ।

उक्त कथामा पात्र दिलबहादुर आफ्नो बारीमा मकै कोदो आदि लगाउँथ्यो र जेनतेन आफ्नो जीविका चलाउँने गर्थ्यो ।

उज्यालो भएपछि बारीमा जान्थ्यो र अध्यारो भएपछि घर फर्किन्थ्यो । एकदिन दिलबहादुर मकै छर्न भन्दै आफ्नो बारीतिर लाग्यो । ऊ खाफूसँग भएको खाजा खानाका लागि एक ठाउँमा रोकियो ।

उसँग कोदोको रोटी, एक ढिको नुन र एक ढिँडी खुसार्नी पनि साथमा हुन्छ । दिलबहादुर दिउँसोतिर खाजा खान एउटा रुखको छायामा बस्छ । उसले रोटीको पोको फुकाएर सात भाग लगाउँछ ।

त्यसपछि रोटीका टुक्राहरु गन्दै क्रमश एक खाउँ, दुई खाउँ...सातओटै खाउँ भन्छ । संयोगले त्यहाँ नजिकै एक ओडार रहेछ । ओडारमा एक राक्षस बस्दो रहेछ । त्यस राक्षसका सात सन्तानहरु रहेछन् ।

दिलबहादुरले सातओटै खाउँ भनेको सुनेर राक्षस डरायो । राक्षसले डराउँदै दिलबहादुरलाई भन्यो, ‘नखा मनुख्खे नखा, मेरा बालकहरु नखा । तलाई खीरपाक ताउली दिउला ।’ यति भन्दै राक्षसले दिलबहादुर खीरपाक ताउली दियो । दिलबहादुरले निरन्तर तीन पटक सोही ठाउँमा खाजा खान खोज्छ ।

राक्षसले सुरुमा आफैं खीर पाक्ने ताउली दियो । दोस्रो पटक सुनको बड्कौला हग्ने ‘सुन बड्कौली बाख्रा’ दियो ।

तर दिलबहादुरको घरमा उसकी फुपू बस्थिन् र उनी चोरी गर्ने गर्थिन् । दिलबहादुर लिएको खीरपाक ताउली र सुन बड्कौली बाख्रा उनले चोरी गरिन् । त्यसपछि अन्तिममा राक्षसले दिलबहादुरलाई एउटा लौरी दियो । त्यो लौरीमा पनि खास शक्ति थियो ।

यसपटक दिलबहादुर डाङडुङ लौरी घरमा लिएर आयो । जस्लाई भन्यो त्यसलाई ठिक राख्न सक्ने क्षमता भएको लौरी लिएर उसले आफ्नो घरमा राख्यो । बेलुका भात खाइसकेपछि दिलबहादुर सुत्यो ।

यसपटक पनि उनकी फुपू दिबहादुरले पक्कै केहि ल्याएको हुनुपर्छ भन्दै चोरी गर्ने सुराकमा लागिन् । उनी बिस्तारै कोठामा पसेर राम्रो लौरी देखेपछि पक्कै पनि यो चमत्कारी हुनुपर्छ भन्ने ठानेर लिएर जान थाल्छिन् ।

त्यसपछि मध्यरातमा चोरी भइरहेको देखेपछि दिलबहादुरको अचानक निन्द्रा खुल्यो । दिलबहादुरले बजा लौरी डाङडुङ भन्यो, लौरीले फुपुलाई कायल बनायो । त्यसपछि दिलबहादुरकी फुपूले आफूले चोरी गरेका सबै सामान फिर्ता गरिन् ।

सक्कली माल फिर्ता लिएर दिलबहादुर अब भने आनन्द सँग बस्यो । उसले खिर पाक ताउली भन्नासाथ खिरपाक ताउली भाँडामा खिर पाक्थ्यो । बाख्रीले सुनका बड्कौँला दिन्थिन् । उनको जीवन नै धन्य भयो । यो त एक कथा थियो तर सुन बड्कौली बाख्रा वास्तविक दुनियाँमा पनि भएको कुरा हामीले पत्ता लगाएका छौँ ।

हिन्दीमा दुनिया है किस्सो का मेला भन्ने एक भनाई खुबै चर्चित छ । केही त्यस्ता कुराहरु तपाईंको छिमेकमा पनि भेट्न सकिन्छ । त्यस्तै एक किस्सा आज हामीले तपाईंका लागि लिएर आएका छौँ ।

मोरक्कन बाख्राको कथा । आज हामीले तपाईंका लागि लिएर आएका छौँ । ति बाख्राहरु रुख चढेका तस्विर हेर्दा, सम्पादन गरेको जस्तो देखिन्छ । तर यो सत्य हो । त्यहाँका बाख्राले रूखमा चढ्छन् । त्यसको पछाडिको कारण थाहाँ पाउँदा तपाईंको होस पक्का उड्नेछ ।

उत्तर अफ्रिकामा मोरक्को भन्ने एउटा देश छ । त्यस देशमा प्रायः क्षेत्रहरू सुख्खा र बलौटे हुन्छन् । त्यो देशमा जाने पर्यटकहरू प्रायः एक प्रश्न सोध्छन् कि यी बाख्राहरूले रूखमा कसरी चढ्छन् ?

रुखमा दर्जनौं बाख्रा चढेका दृश्यहरू मोरक्कोमा सामान्यजस्तै हुन् । चरा जस्तै, बाख्रा पनि रूखको टुप्पोमा बसिरहेका हुन्छन् । ठाडो ढलानहरू र पहाडहरूमा हिड्दा हिड्दै ति बाख्राहरु रुख चढ्न सिपालु भैसक्छन् । हाम्रो गाउँ घरमा पनि बाख्रा रुख चढेको हामीले नदेखेका होईनौँ तर यसरी दर्जनौं बाख्रो त्यो पनि एउटै रुखमा सोच्नुपर्ने विषय त पक्कै हो ।

मोरक्कोमा ‘आर्गन’ नामको फलको रूख पाइन्छ । त्यसमा बाख्रा प्रायः चढ्ने गर्छन । यी बाख्राले आर्गनको फलमा रहेको बीउ खान्छन् । उनीहरुले पचाउन गाह्रो हुने भएको हुँदा पल्प खाँदैनन् ।

आर्गन तेल यसमा लुकाइएको बीउबाट बाहिर आउँछ । जुन अत्यन्तै महँगो र उपयोगी हुन्छ । जब बाख्राले यो बीउ खान्छन्, नजिकैका गाउँहरूले बाख्राको बहुमूल्य बड्कौला (दिसा) जम्मा गर्दछन् ।

यसरी बाख्राको बड्कौलाबाट आर्गन तेल बनाएर उनीहरु डलर कमाउँछन् । यी बाख्राका बड्कौँला हीरा भन्दा महंगा छन् भन्दा फरक पर्दैन । किनकी आर्गन तेल विश्वकै महंगो तेल हो ।

यदि यहाँ बस्ने मानिसहरूले चाहेका हुन्थे भने उनीहरू यस फललाई सिधा रूखबाट टिपेर बीज निकाल्न सक्थे । तर उनीहरु बाख्रालाई खाना पनि दिन्छन् । त्यस्तो गर्नाले एक तिरले दुई सिकार भयो ।

न त उनीहरुले फल टिप्नुपर्यो न त बाख्रालाई अलग्गै घाँस ल्याइदिनुपर्यो । बाख्राका कारण तिनीहरूको काम सजिलो भएको छ । सायद यही कारण होला गाउँलेहरू आफैंले यो फल टिप्दैनन् । बाख्रा छोडिदिने चलन छ ।

https://www.youtube.com/watch?v=K9x5WrWPgp8

 

सम्बन्धित खबरहरु