काठमाडौ । जीवेशसिंह गुरुङ्ग र सुनिसा बजगाई पछिल्लो समय कलेज नेपाल नामक युबट्युब च्यानलका सिरियलमा खुबै चर्चामा आएका कलाकार हुन् ।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।

सुनिसा ‘कलेजेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् । काठमाडौँकी रियासा दाहालपनि यही प्लाटफर्मबाट उदाएकी थिइन् । उनी बाहिरिएपछि सुनिसा बजगाई आइन् ।

रियासालाई निकालेर सुनिसा ल्याएपछि जीवेश गुरुङसँग उनको केही निकटता रहेको अनुमान गरियो । उनीहरु लघु फिल्ममा मात्र हैन टिकटकमा समेत एकसाथ देखिन्छन् ।

यसैले यो जोडीबीच निकटता रहेको आँकलन गरिन्छ । जीवेशसिंह गुरुङ्ग र सुनिसा बजगाईको एउटा फोटो आएको छ । जसमा क्याप्नसन लेखिएको छ । वेश र सुनिसाको विवाह ? यही शीर्षकमा भिडियो समेत आएको छ ।

भिडियो २६ लाख ८४ हजार भन्दा बढीले हेरिसकेका छन् । त्यो भिडियो र तस्बिर उनीहरुको बास्तविक विवाहको हैन । योपनि लघु फिल्मकै हो ।

कुलतमा फसेकी सुनिसा (लघु फिल्मकी पात्र मात्र) लाई जीवेशले माया प्रेम र भिन्न प्रकारको प्रयास गरेर सुनिसालाई कुलत मुक्त गराउँछन् ।

र बिबाह गर्छन् । यसले समाजलाई राम्रो सन्देश दिएको छ । यो सन्देशमुलक भिडियो भएकाले हामीले यसको प्रचारका लागि यो सामाग्री तयार पारेका छौ । तपाईहरुलेपनि यो सामाग्रीलाई सेयर गरिदिनुहोला ।

 

सम्बन्धित खबरहरु