काठमाडौ । गोप्यतामा सामाजिक सञ्जाल फेसबुक अत्यन्तै अब्बल देखिएको छ ।

यतिसम्मकी तपाईले थाहा नपाई श्रीमान वा प्रेमीले तपाईको फेसबुक अकाउण्ट खोलेको खण्डमा तपाईलाईपनि थाहा हुन्न तर फेसबुकलाई भने थाहा हुन्छ ।

पक्कैपनि जसको फेसबुक हो, उसको डिभाईस (मोबाईल) मा २४ घण्टा फेसबुक लगइन भइरहेको हुन्छ । तर केही समयका लागि अरु डिभाईसमा खुल्यो भने फेसबुकले चेतवानी दिन्छ ।

त्यस्तो बारम्बार भएको खण्डमा तपाईको फेसबुक अकाउण्टलाई लक गरिदिन्छ । अर्थात कसैले खोल्न नमिल्ने बनाईदिन्छ ।

त्यसपछि तपाईले केही थप प्रक्रिया गर्नुपर्ने हुन्छ । त्यो डिभाईस जुन तपाई नै चलाउँदै हुनुहुन्छ भन्ने कन्फर्म गर्न फेसबुकले ताजा सेल्फी तत्कालै मोबालबाट नै खिचेर अपलोड गर्नु भन्छ ।

यति तपाईको अकाउण्ट अरुको हातमा पुगेको छ भने त्यो अरुबाट त सम्भव हुन्न । किनकी सेल्फी खिच्न त तपाई नै हुनुपर्छ । अरु फोटो राखेको खण्डमा खाता लक गरेर राखिदिन्छ ।

तपाई स्वयं हो भन्ने प्रमाण दिन सेल्फी तस्बिर दिन सक्नुभयो भने खोता खुल्न सुरु हुन्छ । त्यो बेला तपाईको खाता कहाँ–कहाँ खुल्यो कम्प्युटर वा मोबाईलको नाम सहित दिन्छ ।

त्यो म आफैले खोलेको भन्नुभयो भने मात्र हैन मैले खोलिन भन्नुभयो भने अरुले खोल्नेगरेका डिभाईसमा तपाईको खाता फेरी कहिलै खुल्दैन । यति गज्जबको टुल्स कुनैपनि सामाजिक सञ्जालमा छैन ।

यति मात्र हैन तपाईले अरु कुनै डिभाईसमा फेसबुक खाता लगइन गर्नुभएको थियो । तर हतारमा त्यसलाई लगआउट नगरी निस्किनु भयो ।

अब त्यो खाता फेरी अरु कसैले हेर्ने हो की भनेर दौडिएर तपाई त्यो डिभाईस भएको ठाउँसम्म पुग्नै पर्दैन ।

तपाईको आफ्नै हातमा भएको मोबाईलबाट पहिले खोलेको डिभाईसमा खुलिरहेको फेसबुक बन्द (लगआउट) गर्न सक्नुहुन्छ ।

वा प्रेमी, प्रेमीका र श्रीमान, श्रीमतीमा फेसबुक साटासाट भएको छ । अब त्यो उसलाई नभनी तपाई आफैले आफ्नै मोबाईलबाट लगआउट गर्न सक्नुहुन्छ । त्यसका लागि फोटो भएको प्रोफाईलमा थिच्नुहोस् ।

तल सेटिङ्ग एण्ड प्राईभेसी आउँछ । त्यहाँ थिच्नुहोस् । फेरी सेटिङ्गमा थिच्नुहोस् । बीचतिर सेक्यूरिटी एण्ड लगईन आउँछ । त्यहाँ थिच्नुहोस् । अब त्यहाँ Where Your’s logged in भनेर तपाईको फेसबुक खुलेजति डिभाईसका नाम आउँछ ।

त्यसको दायाँतर्फको तीन थोप्लामा थिचेपछि सेक्योर अकाउण्ट र लग आउट आउँछ । आफ्नो डिभाईसलाई सेक्योर अकाउण्ट थिच्ने । अरुको डिभाईसमा खुलेको छ भने लगआउटमा थिच्ने । तपाईसँधै सुरक्षित र ढुक्क । यो गज्जबको तरिका र सन्देश अरुका लागि सेयर गर्न नभुल्नुहोला ।

सम्बन्धित खबरहरु