काठमाडौ । मोडल रियासा दाहालको चर्चा खुबै चुलिन थालेको छ ।

काठमाडौँकी रियासा दाहाल ‘कलेजेज नेपाल’ शीर्षकको युट्युब च्यानलले जन्माएकी प्रतिभा हुन् ।

समसामयिक विषयमा भिडियो बनाउने यो च्यानलमा जीवेश गुरुङसँग जोडी भएर उनले थुप्रै लघु फिल्ममा अभिनय गरेकी छिन् ।

व्यवस्थापन विषयमा स्नातक उनले दर्जनभन्दा बढी म्युजिक भिडियोमा काम गरेकी छिन् ।

हिरोइन बन्ने लक्ष्य नराखेकी रियासा सुहाउँदो भूमिका भए फिल्ममा अभिनय गर्ने सोचमा छिन् । उनी अहिले सिरियल क्वीन भनेर चिनिन्छिन् ।

चर्चित शृखला कोलेज नेपालबाट अभिनय यात्रा सुरु गरेकी रियासा दाहाल एक बहुमुखी प्रतिभाकी धनी कलाकार हुन् ।

मेरी बास्सैमा लामो समय अभिनय गरेर चर्चा कमाएकी रियासा हाल मेरी बास्सै छाडेर ग्राहो छ हो मा मुख्य कलाकारका रुपमा अभिनय गरिरहेकी छिन् । रियासा पछिल्ला दिनमा कैयौँ म्यूजिक भिडियोमा पनि देखा परिन् ।

उनको लोकप्रियतासँगै सिरियल गाह्रो छ हो मा उनको निधनको दृश्यलाई देखाइएको छ । जुन दृश्य अहिले सामाजिक संजालमा पनि भाइरल बनिरहेको छ ।

गायिका मेलिना राईको आवाजमा रहेको नयाँ गीत र भिडियोमापनि उनी देखिएकी छिन् ।

नेपाली लोक दोहोरी क्षेत्रमा सबै भन्दा धेरै रुचाएका मोडल दुर्गेश थापा र रियासा दाहालले अभिनय गरेको अर्को बहुप्रतिक्षित लोकदोहोरी गीत गौथलीमा उनको अभिनयको चर्चा खुबै छ ।

रियासा दाहाल थारु म्युजिक भिडियोमा समेत देखिएकी छिन् । उनले अभिनेता एवं निर्देशक प्रदीप कुमार चौधरी पीके डनसँग अभिनय गरेकी छिन् । विक्रम चौहानको निर्देशनमा बनेको तुही हो तुही बोलको गीतमा उनको अभिनय दर्शकले खुबै रुचाएका छन् ।

नायक पल शाहसँग बिबाहको सिनले रियासालाई थप उचाईमा पुर्याएको छ । डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु विवाह गरिरहेको देखिन्छ । छोटो समयमा लोकप्रिय बनेकी कलाकार रियासालाई थप सफलाको बधाई ।

 

सम्बन्धित खबरहरु