काठमाडौं । तल्लो जात भन्दै चर्चित सञ्चारकर्मी रुपा सुनारले कोठा नपाएको विषय अहिले बहसका रुपमा देखा परेको छ ।

यसलाई लिएर सामाजिक सञ्जालमा मानिसहरु आ–आफ्नै विचारहरु राख्दैछन् ।

रुपा त नेवार थरकी घरबेटीविरुद्ध कानुनी उपचारमा गइन्, तर बहस भने रोकिएको छैन ।

सामाजिक सञ्जालमा शान्तिमान श्रेष्ठले लेखेको एक स्टाटस खुबै भाइरल भइरहेको छ ।

लामो स्टाटस लेख्दै उनले काठमाडौंका नेवारहरुको सोच बताउन खोजिरहेका छन् । उनले लेखेको लामो स्टाटस यस्तो रहेको छ :

समाजमा रहेको विभेद र छुवाछुत अन्त्य हुनुपर्ने कुरामा दुई मत छैन् । तर अब बिभेद बिरुद्धको मुद्धा र नारा पनि विकृत र कमाई खाने भाँडो भएछ ।

रुपा सुनार नामकी युवतीले कोठाभाडा माग्दा घरबेटीले नदिएको प्रसंग बिरुद्ध उनले प्रहरी कार्यालयमा मुद्धा हालिछिन् ।

२०५१ साल तिर मैले पकनाजोल , क्षेत्रपाटी तिर कोठा खोज्दै हिड्दा १०० घर चहारियो होला तर कोठा मिलेन, यसरी कोठा नदिनेमा सत प्रतिशत नेवारहरु थिए ।

६० साल तिर माछापोखरी साईड तिर कोठा खोज्दा यस्तै भयो । ६९ तिर पुतलिसडकमा कोठा खोज्दा यस्तै भयो ।

यी सबै प्रसंगमा कोठा नदिनेहरु ९९ प्रतिशत नेवारहरु थिए…यो चाहिँ कुन खालको विभेदको परिभाषा भित्र पर्यो ? स्याङ्जाली–झापालीले कोठा पाउन मुश्किल हुन्छ । अविवाहित युवाले कोठा पाउन मुश्किल हुन्छ । विवाहित भएर पनि छोराछोरी भएको व्यक्तिले कोठा पाउन मुश्किल हुन्छ किनकी घर फोहोर हुन्छ । पानी धेरै चाहिन्छ रे…!

ब्राह्मण धुर्त हुन्छन भन्दै काठमाडौ बासी आशंका गर्छन र कोठा दिन हिच्किचाउँछन…यो सब कुन खालको विभेदको परिभाषाभित्र पर्छ ? आफ्नो घर कसलाई भाडामा दिने कसलाई नदिने भन्ने कुरा घरमुलिको व्यक्तिगत स्वतन्त्रताको पनि मूल्य हुन्छ होला नि !

छुवाछूत र विभेद समाज र देशको कलंक हो , यस खालको विभेद बिरुद्ध सबै सचेत बर्ग लाग्नुपर्छ तर विभेद विरुद्धको अभियानको नाममा कसैको व्यक्तिगत स्वतन्त्रता माथी हस्तक्षेप गर्ने हर्कत गरिएमा अर्को पक्ष पनि संगठित हुनुपर्ने अवस्था आउँछ ।

काठमाडौका नेवारले काठमाडौ बाहिरका नेवारलाई सकभर छोरी दिंदैन र काठमाडौ बाहिरका नेवारले काठमाडौका नेवारका छोरी हत्तपत्त विवाह गर्दैन् । किनकि सांस्कृतिक प्रचलन र परम्परा निकै भिन्न छ, जसले पछि गएर सम्बन्धमा जटिल समस्या निम्ताउँछ ।

एक नेवारले अर्को नेवारलाई नै विभिन्न कारणले छोरी दिंदैन् । अन्य जातलाई दिने त झन कुरो भएन अब कुनै सुनार थरको व्यक्ति छोरी माग्न गयो अनि दिएन भने सुनार भएकैले दिएन भन्दै मुद्धा हाल्ने प्रवृत्ती बढ्दैछ र यस्तो क्रियाकलाप विभिन्न आई एनजीओहरु सक्रीय छन ।

एउटा सुनारले आफ्नो घरमा कुनै बाहुनलाई भाडामा दिएन भने कुन खालको विभेद मान्ने ? विभेद हटाउन सबैपक्ष लाग्न जरुरी छ । सार्वजनिक स्थानमा विभेद गर्ने बिरुद्ध कडा कानुन लगाउन पर्छ । तर व्यक्तिगत, पारिवारिक र सांस्कृतिक स्वतन्त्रताको पनि ख्याल गर्न पर्छ ।

विभेद बिरुद्धको नारा उचालेर राजनितिक दुनो सोझ्याउन कम्युनिस्टहरु माहिर हुन्छन तर स्टालिनले नै आफ्नो छोरी स्वेतलानाले आफ्नो ईच्छा बिपरित कुनै युवा सँग प्रेम विवाह गरेको निहुँमा आफ्नो ज्वाँईलाई जिउँदै खाल्डोमा गाडेका थिए । माओको हकमा यस्तै घटना छ ।

विवाहको सन्दर्भमा हरेक जातिको आफ्नै संवेदनशीलता छन्, जसको ख्याल राख्न जरुरी हुन्छ । अनि व्यक्तिगत सम्पत्तिको हकमा पनि मालिकको आफ्नो स्वतन्त्रता हुन्छन । संगठनको आवरणमा यस्ता स्वतन्त्रता माथी प्रहार हुन थालियो भने बिपरित प्रतिक्रिया शुरु हुन थाल्छ ।

विभेद विरुद्धको अभियान र आन्दोलन भन्दै यस्ता खुद्रा विषय उछालेर डलरको खेती गर्दै दूनो सोझ्याउने र विभेद बिरुद्धको अभियानलाई विकृत बनाएर दिशाहिन र अराजक बनाउन प्रशस्त आई एनजीओहरु सक्रीय छन । डलरको खेती गर्ने यस्ता आई एनजीओहरु देशको लागि घातक छन् ।

घरबेटीलाई कस्तो कारबाही हुन्छ ?

जातीय तथा अन्य छुवाछूत र भेदभाव (कसूर र सजाय) ऐन, २०६८ अनुसार कसैले देहायको कसूर गरेमा देहाय बमोजजम सजाय हनेछ ः

(क) दफा ४ को उपदफा (२), (३), (४), (५), (६) वा (७) बमोजजमको कसूर गर्ने व्यजिलाई तीन महिना देखि तीन वर्षसम्म कैद र पचास हजार रुपैयाँ देखि दुई लाख रुपैयाँसम्म जरिवाना हुनेछ ।

(ख) दफा ४ को उपदफा (८), (९), (१०), (११), (१२) वा (१३) बमोजिमको कसूर गर्ने व्यजिलाई दुई महिनादेखि दुई बर्षसम्म कैद र बीस हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जररबाना हुनेछ ।

(ग) जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव गर्न मद्दत गर्ने, दुरुत्साहन गर्ने, उक्साउने वा त्यस्तो कार्य गर्ने उद्योग गर्ने व्यक्तिलाई मुख्य कसूरदारलाई हुने सजायको आधा सजाय हुनेछ ।

(क) दफा ४ बमोजिमको कुनै कसूरमा सजाय पाएको व्यजिले पुनः सोही दफा बमोजिमको कसूर गरेमा त्यस्तो व्यजिलाई पटकै पिच्छे उपदफा (१) को खण्ड (क) वा (ख) मा उल्लेखित सजायको दोब्बर सजाय हुनेछ ।
(२) सार्वजनिक पद धारण गरेको व्यक्तिले उपदफा (१) बमोजिमको कसूर गरेमा नीजलाई सो उपदफामा उल्लेखित सजायमा पचास प्रतिशत थप सजाय हुनेछ ।

सम्बन्धित खबरहरु