काठमाडौं । साताको पहिलो दिन आज नेपालमा सुनको मुल्य घटेको छ ।

केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको हो ।

आइतबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घट्यो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री हुँदैछ ।

तपाईंलाई जानकारी गराउ कि शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री हुँदै थियो ।

यता, चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

 

सम्बन्धित खबरहरु