काठमाडौं । ‘बाँदरको हातमा नरिवल’ भन्ने उखान धेरै सुन्नु भएको हुनुपर्छ । तर अब समय परिवर्तन भैसक्यो ।

अहिलेको जमानामा बाँदरको हातमा नरिवल होईन, अरु थोक नै हुन्छ ।

अब सिधैं मेट्रो पनि बाँदरको हातमा पर्न थालेको छ । शनिबार भारतको दिल्ली मेट्रोमा एउटा अचम्मको दृश्य देखियो ।

दिल्ली मेट्रोको एउटा डिब्बामा एउटा बाँदर अचानक आइपुग्यो । मानिसहरू त्यो देखेर छक्क परिरहेका थिए । केही यात्रीहरू डराएका पनि थिए ।

कहिलेकाहीँ यो बाँदर मेट्रो भित्र हिड्दै गरेको देखियो भने कहिलेकाहीँ यात्रुको छेउमा बसेको देखिन्थ्यो । मेट्रोमा प्रवेश गर्ने बाँदरको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।

शनिबार भिडियो सामाजिक सञ्जालमा भाइरल भए पनि घटना कहिलेको भन्ने कुरा स्पष्ट छैन । भिडियोमा एक बाँदर दिल्ली मेट्रो ट्रेन (रेल) को डिब्बामा घुमिरहेको छ ।

ट्वीटरसहित सबैतिर भाइरल भइरहेको क्लिपमा बाँदर पहिले हिडिरहेको छ, त्यसपछि एक कम्पयूटरको छेउमा भएको सीटमा बस्छ ।

बाँदरले कहिलेकाहीँ ऐनामा भित्रबाट हेर्छ र कहिले यताउता दौडन्छ । भाइरल भिडियोमा, बाँदर मेट्रो भित्र एक यात्रीको छेउमा गएर बसेको पनि देख्न सकिन्छ ।

यो बाँदरले कहिले यात्रुको हात समात्छ त कहिले ऐनामा बाहिर पनि हेर्न थाल्छ । भिडियोमा एक व्यक्तिले यमुना बैंक स्टेशन भनिरहेको पनि सुन्न सकिन्छ । जुन दिल्ली मेट्रोको ब्लू लाइनमा पर्दछ ।

यद्यपि दिल्ली मेट्रो रेल कर्पोरेशन (डीएमआरसी) ले घटनाको पुष्टि गरेको छैन । यो भिडियो कहिलेको हो भनेर थाहा छैन ।

अनुमान अनुसार यो भिडियो मेट्रो भित्र यात्रा गर्ने यात्रुद्वारा बनाइएको थियो । त्यसपछि यसलाई सामाजिक सञ्जालमा पोस्ट गरियो । जुन अहिले आएर भाइरल भइरहेको छ ।

 

सम्बन्धित खबरहरु