काठमाडौं । नेपालको एक तस्विर अहिले विश्वभर चर्चित हुँदैछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधनोम घेब्रेससले नेपालबारे एक ट्वीट गरेपछि विश्वभर चर्चा भइरहेको हो ।

मुस्ताङ जिल्लामा लठ्ठीको सहाराले खोप तार्दै गरेका स्वास्थ्यकर्मीहरुको भिडियो पोस्ट गर्दै स्वास्थ्यकर्मीहरुलाई हिरो भनेर गरेको सम्बोधन चर्चामा छ ।

उहाँले स्वास्थ्यकर्मीले समेत खोप नपाएकोमा चिन्ता व्यक्त गर्नुभएको छ ।

कोरोना भाइरस (कोभिड–१९) महामारीको समयमा वास्तविक हिरोहरुले समेत खोप नपाएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको हो ।

ट्वीटरमा भाइरल बनेको मुस्ताङको उक्त भिडियोलाई रिट्वीट गर्दै घेब्रेससले स्वास्थ्यकर्मीको प्रशंसा पनि गर्नुभएको छ ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा मुस्ताङमा स्वास्थ्यकर्मीहरुले खोलाको भेलबीच लठ्ठीको सहायताले खोपको बाकसलाई तार्दै गरेको देख्न सकिन्छ ।

उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल हुँदैछ । सोही भिडियोलाई रिट्वीट गर्दै उहाँले यसरी खटिरहेका वास्तविक नायकहरुलाई नै खोपबाट वञ्चित गराउनु कति न्यायोचित होला भनेर प्रश्न गर्नुभयो ।

साथै आफ्नो शक्ति कर्तव्यले भ्याएसम्म खोपको समान वितरण गर्नुपर्ने पनि उनको बुझाई रहेको छ । खोपको विकास हुँदाका प्रारम्भिक दिनमा नै डब्लूएचओका महानिर्देशक घेब्रेससले खोपको समान वितरणमा गम्भीर हुनुपर्ने सुझाव दिनुभएको थियो ।

साथै खोपले गर्दा धनी र विपन्न देशबीच गहिरो खाडल हुनसक्ने भन्दै त्यसतर्फ ध्यान दिन सम्बन्धित पक्षसँग अनुरोध पनि गर्नुभएको छ ।

 

सम्बन्धित खबरहरु